ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रदेश सरकारबाट प्राप्त रकमसहित एक अर्ब ५० करोड बजेट सार्वजनिक


bhawani desk
असार २२, २०७५ शुक्रबार  १० : ३३ बजे

इटहरी, २२ असार । इटहरी उपमहानगरपालिकाले लामो बहस र छलफलपछि संघीय र प्रदेश सरकारबाट प्राप्त हुने रकमसहित कूल रु एक अर्ब ५० करोड ८९ लाख चार हजारको संशोधित एवं सन्तुलित बजेट नगरसभाले पारित गरेको भन्दै बिहीबार सार्वजनिक गरेको छ ।

उपमहानगरपालिकाका प्रमुख द्वारिकलाल चौधरीले उपमहानगरद्वारा आयोजित पत्रकार सम्मेलनमा आगामी आव २०७५÷०७६ का लागि प्रस्तुत बजेटका विषयमा उपमहानगरपालिकामा रहेका २० वटै वडालाई कम्तीमा सरदर न्यूनतम रु ७० लाखदेखि एक करोड बढीको विकास बजेट पर्ने गरी सबै वडाका जनप्रतिनिधिसँग परामर्श र छलफल गरेर बजेट ल्याएका छौँ भन्नुभयो ।

पत्रकार सम्मेलनमा बजेट नीति तथा कार्यक्रमसम्बन्धी समितिको संयोजकसमेत रहनुभएकी उपप्रमुख लक्ष्मी गौतमले बजेटका विषयमा थप जानकारी दिनुहुँदै उपमहानगरले केही इटहरी गौरवका योेजना समेत ल्याएको जानकारी दिनुभयो । पहिला प्रस्तुत बजेटमा संघ र प्रदेशबाट प्राप्त हुने सहयोग थपिएकाले बजेटको आकारसमेत परिमार्जन हुन गएको हो भन्नुभयो ।

उहाँले इटहरी गौरवका प्रस्ताविक कार्यक्रममध्ये उपमहानगर–५ मा सार्वजनिक पार्क, इटहरीको मुख्य चोक तथा त्यस आसपासमा सार्वजनिक शौचालय, उपयुक्त स्थानमा औद्योगिक ग्राम, आदिवासी जनजातिको संग्रहालय, पर्यटकीय क्षेत्र तालतलैयाको विकाससँगै आइतबारे प्रवेश मार्गमा रात्रिकालिन बजार चलाउने कार्यलाई यो बजेटले इटहरी गौरवको कार्यक्रमभित्र समेटेको उपप्रमुख गौतमले प्रष्ट्याउनुभयो ।

कूल अनुमोदित बजेटमध्ये खर्चतर्फ २० दशमलव २८ प्रतिशत तथा पूँजीगत खर्चतर्फ कूल बजेटको ७९ दशमलव ३४ प्रतिशत र वित्तीय व्यवस्थापनतर्फ ० दशमलव ५ प्रतिशत विनियोजन गरेको पनि पत्रकार सम्मेलनमा थप जानकारी दिइएको छ । बजेटले भौतिक पूर्वाधारसँगै खेलकुद पत्रकारिता एवं मानवीय संशाधन विकासका लागि पनि उल्लेख्य बजेट व्यवस्था गरेको पनि उपप्रमुख गौतमले उल्लेख गर्नुभयो ।

बजेट निर्माणका क्रममा केही असहज परिस्थिति आउला कि भन्ने अवस्था देखिए पनि सबैको सहमति र सन्तुलित ढंगले आएको तथा केही वडालाई जनसंख्याको सघनतालाई दृष्टिगत गरेर अन्य वडाको भन्दा केही धेरै बजेट पर्न गएको पनि उहाँले स्पष्ट पार्नुभयो ।

पत्रकार सम्मेलनमा उपमहानगरका प्रमुख प्रशासकीय अधिकृत छवि रिजालले सञ्चार क्षेत्रले सम्पूर्ण नगरवासीलाई सचेत र सन्तुलित सूचना दिएर समग्र उपमहानगरको एकीकृत विकासमा महत्वपूर्ण योगदानमा सहभागी हुन नगरवासीमा उत्प्रेरणा जागृत गराउन आग्रह गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सुकुमवासीको असन्तुष्टि – पेटभरि खाना पाइएन

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

मालीमा भीषण आक्रमण : रक्षामन्त्री मारिए, राष्ट्रपति अहिलेसम्म सुरक्षित

सुकुमवासीको असन्तुष्टि – पेटभरि खाना पाइएन

सरकारले अध्यादेश ल्याए केपी ओलीको हालत हुन्छ–ज्ञानेन्द्र शाही

बजेटमा दोस्रो पुस्ता अनिवार्य ः अर्थविद् , नर बहादुर थापा भिडियो

त्रिवि क्रिकेट मैदान खाली गर्न त्रिभुवन विश्वविद्यालयको ३५ दिने अल्टिमेटम

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com