ABC NEWS NEPAL | No.1 News channel of Nepal
असार २, २०८३ मंगलबार
```
एमाले नफुटने नेता अन्सारीको दावी ओली विना एमाले संभव छैन । ▶
एमाले नफुटने नेता अन्सारीको दावी ओली विना एमाले संभव छैन ।
```
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बालुवाटारबाट सीईओ भुसाल फर्काइए,प्राधिकरणको बैठक स्थगित


bhawani desk
असार २१, २०७५ बिहीबार   २ : ४३   बजे

 काठमाडौं,२१ असार । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका सीईओ युवराज भुसाल विहीबार बिहान प्रधानमन्त्री निवास बालुवाटारबाट अपमानजनकरुपमा फर्काइएका छन् ।

प्राधिकरण प्रमुख भुसाल प्रधानमन्त्री केपी शर्मा ओलीसँगको एक पूर्वनिर्धारित बैठकमा सहभागी हुन पुगेका भुसाललाई प्रधानमन्त्री ओलीले भेटै नदिई फर्काए हुन । भुसालसहितको टोली पुनर्निर्माण प्राधिकरण परामर्श समितिको बैठकमा सहभागी हुन कार्यालयको टीमसहित बालुवाटार गएका थिए ।

प्रधानमन्त्रीको नेतृत्वमा बस्नुपर्ने सो बैठकमा भूकम्प प्रभावित १४ जिल्लामा सांसदहरुसमेत सहभागी हुने कानूनी व्यवस्था छ । भूकम्पपीडितहरुका विषयमा छलफल गर्नका लागि परिषदको बैठक बालुवाटारमा विहीबार बिहान १० बजे बस्ने केही दिनअघि नै तय भएको थियो ।

सोही पूर्वनिर्धारित कार्यक्रम अनुसार सिइओ भुसाल विहीबार पौने १० बजेतिर बालुवाटार पुगेका थिए ।

प्रधानमन्त्रीको सचिवालका कर्मचारीहरुले भुसाललाई बुधबार साँझको मन्त्रिपरिषद बैठकले पुनर्निर्माण प्राधिकरण प्रमुखको नियुक्ति खारेज भएको जनाउ दिएर बैठक स्थगित भएको सूचना दिए । त्यसपछि भुसाललाई प्रधानमन्त्री ओलीसँग भेटसम्म गर्न नदिई फर्काइयो ।

एमाले नेताहरुले पुर्निर्माण प्राधिकरणमा देउवा सरकारले कांग्रेस नेता रामचन्द्र पौडेलका सम्धीलाई नियुक्त गरिएको भन्दै विरोध जनाउँदै आएका थिए । यद्यपि, प्राधिकरणका सीर्इओ भुसाल पूर्वसचिवसमेत भएकाले कुशल प्रशासक मानिन्थे । आफू रामचन्द्र पौडेलको सम्धी भएका कारणले नभई आफ्नै क्षमताले यो ठाउँसम्म आइपुगेको भुसालले बताउँदै आएका थिए ।

ओली सरकार गठन भएको ४ महिनासम्म पनि भुसाललाई नहटाई प्राधिकरणको काम अघि बढाइएको थियो । भूकम्प पुनर्निर्माण प्राधिकरणमा प्रधानमन्त्रीको नेतृत्वदायी भूमिका रहन्छ । यसको कार्यकारी नेतृत्व सीईओमा रहने प्रावधान छ ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

झापाबाट चितवनसम्म बजेट कटौतीको सन्देश: राजनीतिक प्रभाव कम कि विकासको नयाँ मोडेल?

बजेट ‘शक्तिकेन्द्र’ को वरिपरि घुम्यो: रास्वपा सांसदहरूकै कडा आलोचना

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

चितवनबाट अपहरणमा परेका बालकको काठमाडौंमा सकुशल उद्दार, पाँच भारतीय पक्राउ

न्यूयोर्कटाइम्सका स्तमभ्कार लेख्छन्ः तेहरानले कसरी विश्व जित्यो ?

झापाबाट चितवनसम्म बजेट कटौतीको सन्देश: राजनीतिक प्रभाव कम कि विकासको नयाँ मोडेल?

बजेट ‘शक्तिकेन्द्र’ को वरिपरि घुम्यो: रास्वपा सांसदहरूकै कडा आलोचना

राहदानी विभागका महानिर्देशक र निर्देशक ४ दिन थुनामा, भ्रष्टाचार प्रकरणमा अनुसन्धान सुरु

मुस्ताङमा भारतको सहयोगमा उच्च प्रभाव सामुदायिक विकास परियोजना उदघाटन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group