ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

राजधानी बन्ने अवसर पोखरालाई प्राप्त


bhawani desk

पोखरा, २१ असार । प्रकृतिको बरदान पोखरा कास्की जिल्लाको सदरमुकाम त हो नै यो साविकको पश्चिमाञ्चल विकास क्षेत्र र गण्डकी अञ्चलको पनि सदरमुकाम हो ।

संघीय संरचनाअनुसार देशको प्रशासनिक विभाजन पछि बनेका प्रदेशमध्ये ४ नं प्रदेशको राजधानी बन्ने अवसर पनि पोखरालाई प्राप्त भएको छ ।

प्रदेशको राजधानी तोक्न संविधानले दुई तिहाइको व्यवस्था गरे पनि प्रदेशसभा बैठकमा पोखरा राजधानी रहने विषय सर्वसम्मत बन्यो । राजधानी विषयको छलफलमा पनि सदस्यले पोखराको सुन्दरताको मुक्तकण्ठले प्रशंसा गर्दै शीतल गिरीको रचना र प्रमोद खरेलको आवाजमा रहेको गजल गाउनसमेत भ्याए ।

मबिना कसैकसैलाई मुस्किल छ पोखरामा,
म छु आज धेरै टाढा, मेरो दिल छ पोखरामा ।।

प्राकृतिक सुन्दरताले युक्त पोखरा हिमालको काखमा रहेको शहर हो । यहाँको फेवातालमा माछापुच्छे पौडी खेल्छ भने यहाँबाट धौलागिरि, अन्नपूर्ण र मनास्लुजस्ता हिमशृंखला नांगो आँखाले नै देख्न सकिन्छ ।

नेपालकै सबैभन्दा धेरै पानी पर्ने ठाउँ भएका कारण पनि पोखरा प्राकृतिक रुपमा नै कम प्रदूषणयुक्त स्थल हो । यहाँस्थित पातले छाँगो, महेन्द्र गुफा र गुप्तेश्वर गुफा, चमेरे गुफा, विश्वशान्ति स्तुप, सेती नदीको गल्छी महत्वपूर्ण पर्यटकीयस्थल हुन् ।

त्यस्तै, धार्मिक पर्यटकीय महत्वका मन्दिर विन्ध्यवासिनी, राधाकृष्ण मन्दिर, भद्रकाली, शोभा भगवती, सिद्धेश्वर महादेव, पुष्करेश्वर शिव मन्दिर, राम मन्दिर, केदारेश्वर आदि यहीँ छन् । पोखरा आसपासमा रहेका बेगनासको बेगनास कोट, काहुँडाँडा, पुम्दीकोट, शाल्मे डाँडा, भरतपोखरीको कोटभैरव, हुडिकोट, बर पाण्डेथुम, साम्मीकोट, मट्टीखानजस्ता रमणीयस्थल पनि यहाँका गहना हुन् ।

फेवातालसहित लेखनाथस्थित सात ताल आदि यहाँका महत्वपूर्ण पर्यटकीयस्थल हुन् भने विश्वमा नै प्रमुख १० पदमार्गमध्ये पर्ने अन्नपूर्ण चक्रीय पदमार्ग यहीँबाट शुरू हुन्छ ।

स्वदेश एवं विदेशमा रुचाइएको पोखराको नाम कसरी रहन गयो भन्ने सम्बन्धमा विभिन्न किंवदन्ती पाइन्छ । संस्कृतिविद् तीर्थ श्रेष्ठका अनुसार प्राचीनकालमा पोखरा एउटा पानीको तलाउ (ठूलो पोखरी) थियो ।
यस तलाउको बाँध हालको भीमाद (जसलाई भीम बाँध भन्ने गरिन्छ) भन्ने ठाउँमा थियो । उक्त बाँध भत्काएर पोखरालाई बस्ती योग्य बनाइएको विश्वास गरिन्छ ।

पोखरा र आसपासका क्षेत्रमा ताल तलैया रहेका कारण पनि पोखरी हुँदै यसलाई पोखरा भन्ने गरिएको जनविश्वास छ । त्यस्तै, कास्कीकोटबाट शासन सत्ता सञ्चालन गर्ने कस्केली राजा कुलमण्डन शाह हिउँदको समयमा बाटुलेचौरस्थित दरबारमा बस्ने गर्दथे भनिएको छ ।

उनले लामाचौरमा ठूलो पोखरी बनाएका थिए । ठूली पोखरी भनिने त्यही पोखरीबाट पोखरा भनिएको हुनसक्ने पनि अनुमान गरिन्छ । पोखरा प्रदेशको राजधानी हुनु उपयुक्त भएपनि हिजोको काठमाडौँको जस्तै केन्द्रीकृत मानसिकता र विकास भने आवश्यक नरहेको विषय यतिखेर चासो र चर्चामा छ ।

पोखराको विकाससँगै यस आसपासका क्षेत्रको विकास गरिनु आवश्यक भएको बताउँदै संस्कृतिविद् श्रेष्ठले पोखराको दायरालाई आँधी, मादी र मोदीबीचको भूभागमा समेट्दै समग्र प्रदेशको विकासमा जुट्नुपर्ने बताउनुभयो ।

“५० वर्षपछिको पोखरालाई आजैबाट नियाल्दै विकास अघि बढाउनु आवश्यक छ,”– उहाँले भन्नुभयो । नेपाल उद्योग वाणिज्य महासंघका पूर्व केन्द्रीय अध्यक्ष आनन्दराज मूल्मीका अनुसार कस्केली राजा सिद्धिनारायण शाहका पालामा विसं १८०९ मा पोखरामा २६ कुरिया जग्गा वितरण गरेर बस्ती बसाएपछि मात्रै पोखरामा बस्ती विकासको क्रम अघि बढेको हो ।

पृथ्वीनारायण शाहले उपत्यकाका भक्तपुर लगायतमा विजय हासिल गरेपछि खासगरी विसंं १८३६ पछि भने पोखरामा बस्ती विकासको क्रम अघि बढेको उहाँको भनाइ छ । बेलायती इतिहासकार ह्यामिल्टनले सन् १७९३ मा लेखेको पोखराको इतिहासमा यी विभिन्न विषय र प्रसंग उल्लेख गरिएको मुल्मीले जानकारी दिनुभयो ।

२००७ सालमा जम्मा दुई हजार ३०० जनसंख्या रहेको पोखरामा हाल यहीँ बसोबास गर्नेको संख्या पाँच लाख नाघिसकेको छ । यहाँ बाहुन, क्षेत्री, गुरुङ, मगर, दलित, नेवार, मुसलमान, तामाङ, थकाली आदि जनजाति बस्दै आएका छन् ।

परम्परागत पेसा व्यवसायका अलावा बाहिर काम गरेर आएका मानिस र लाहुरेको बसोबास बढी भएको पोखरालाई नेपालकै महँगो शहरका रुपमा पनि लिइन्छ ।

यहाँको मात्र नभएर पश्चिम नेपालकै शिक्षा तथा स्वास्थ्यको प्रमुख केन्द्र बनेको पोखरामा लेखनाथस्थित पोखरा विश्वविद्यालयका साथै पृथ्वी नारायण क्याम्पस, जनप्रिय क्याम्पस, कालिका क्याम्पसलगायतका शैक्षिक संघसंस्था छन् ।

स्वास्थ्यका क्षेत्रमा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, मणिपाल शिक्षण अस्पताललगायतका स्वास्थ्य संस्था पनि छन् । पोखरा हुँदै जाने पृथ्वी राजमार्गले मध्य पहाडी क्षेत्रका तनहुँ, चितवनको मुग्लिन, धादिङ हँुदै काठमाडौँलाई छोएको छ भने यहाँबाट सिद्धार्थ राजमार्ग हुँदै पश्चिम तराईसहितका केही पहाडी जिल्लालाई जोडेको छ ।

यहाँबाट जाने धौलागिरि राजमार्गले पश्चिम उत्तरी पहाडी र हिमाली क्षेत्रलाई जोडेको छ । सञ्चारका दृष्टिले पनि पोखरा विकसित ठाउँ हो । पोखराको आगामी विकास यहाँको प्राकृतिक सुन्दरता पुस्तौँसम्म कायम रहने गरी समग्र प्रदेशको विकास सँगसँगै बढाउनु आवश्यक रहेको मुल्मीले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com