ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भरतपुर अस्पतालको दुर्गन्ध अब हट्ने


bhawani desk
असार १९, २०७५ मंगलबार  १ : ५६ बजे

चितवन, १९ असार । भौतिक संरचना, उच्चस्तरका उपकरण, दक्ष जनशक्ति भएर पनि दुर्गन्धका कारण समस्या बनेको भरतपुर अस्पतालको दुर्गन्ध अब हट्ने भएको छ ।
सरकारी अस्पतालमध्ये नेपालकै नमूना अस्पताल बन्दै गएको यस अस्पतालको अहिलेको सबैभन्दा ठूलो समस्या भनेको फोहोर र त्यसवाट हुने दुर्गन्ध नै हो । अस्पतालले ‘एन आर एन क्लिन’ नेपाल र खेम्स क्लिनिक सर्भिसेस प्रालिको सहकार्यमा सोमबार रातिबाट सफा गर्न थालेको र एक महिनाभित्रमा अस्पताल पूर्ण रुपमा सफा हुने जनाएको छ ।

अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा रवीन खड्काले तीव्र गतिमा स्तरोन्नति हुँदै गएको अस्पतालमा फोहर नै प्रमुख समस्या देखिएपछि आफू आएलगत्तै यसैलाई पहिलो प्राथमिकता दिएर काम थालेको बताउनुभयो ।

उहाँका अनुसार अस्पताल सफा हुँदै गर्दा अस्पतालमा रहेका १५ सरसफाइका कर्मचारी पनि दक्ष बन्ने र उनीहरुले सरसफाइका अन्य कर्मचारीलाई नयाँ प्रविधिबारे सिकाउने छन् । अस्पतालमा हाल १२ सरकारी, ३० अस्पताल विकास समितिका र ८९ ठेकेदार कम्पनीका सरसफाइ कर्मचारी छन् ।

खेम्स क्लिनिकका प्रमुख सञ्चालन अधिकृत विराज अधिकारीले अत्याधुनिक प्रविधिबाट सरसफाइ गरेर अस्पताललाई एक महिनामा नमूना अस्पताल बनाइने बताउनुभयो । अस्पतालले १५ कर्मचारी र सरसफाइका लागि आवश्यक सामग्री पनि दिएको छ ।

सरसफाइका क्रममा अस्पतालको भूइँ, भित्ता, भ¥याङ, सिसा, शौचालय, सोफा, अन्य उपकरण, विद्युतीय सामग्री, पाइप लाइन, सबै सफा गरिने उहाँले जानकारी दिनुभयो ।

हाल पुरातन तरिकाबाट सरसफाइ भइरहेकामा अहिले नयाँ र अत्याधुनिक प्रविधि प्रयोग गरिएको र यसबाट अस्पतालको नियमित काममा कुनै प्रभाव नपर्ने गरी रातको समयमा सरसफाइ गरिएको छ ।

यसअघि अस्पतालका शौचालय, ढल, गल्ली, वाडमासमेत गन्ध आउने गरेको थियो । अधिकारीले एक महिनापछि अस्पताल छोड्दै गर्दा १५ जना कर्मचारीलाई विज्ञ बनाउने र दुर्गन्धरहित अस्पताल बनाउने बताउनुभयो । अष्ट्रेलियाको कम्पनीसँग सहकार्य गरेको यस समूहले यसअघि वीर अस्पताल र अन्तर्राष्ट्रिय विमानस्थलमा सरसफाइ गरिसकेको छ, भने अहिले पशुपतिनाथमा पनि सरसफाइ गर्दैछ ।

नेपाल सरकारको तीन सय र अस्पताल विकास समितिको तीन सय गरी छ सय श्यया सञ्चालन भएको यस अस्पतालमा दैनिक एक हजार ५०० को हाराहारीमा बिरामी बहिरंग सेवाका लागि आउने गर्दछन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सुकुमवासीको असन्तुष्टि – पेटभरि खाना पाइएन

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

मालीमा भीषण आक्रमण : रक्षामन्त्री मारिए, राष्ट्रपति अहिलेसम्म सुरक्षित

सुकुमवासीको असन्तुष्टि – पेटभरि खाना पाइएन

सरकारले अध्यादेश ल्याए केपी ओलीको हालत हुन्छ–ज्ञानेन्द्र शाही

बजेटमा दोस्रो पुस्ता अनिवार्य ः अर्थविद् , नर बहादुर थापा भिडियो

त्रिवि क्रिकेट मैदान खाली गर्न त्रिभुवन विश्वविद्यालयको ३५ दिने अल्टिमेटम

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com