ABC NEWS NEPAL | No.1 News channel of Nepal
असार २, २०८३ मंगलबार
```
एमाले नफुटने नेता अन्सारीको दावी ओली विना एमाले संभव छैन । ▶
एमाले नफुटने नेता अन्सारीको दावी ओली विना एमाले संभव छैन ।
```
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सांसदमा आज क–कस्ले के बोल्यो


bhawani desk
असार १८, २०७५ सोमबार   १ : ४१   बजे

काठमाडौं,१८ असार । सांसदहरुले अबिरल बर्षा संगै मुलुकका विभिन्न स्थानमा बाढी, पहिरो तथा डुबानको जोखिम बढाएको भन्दै जीउधनको सुरक्षाको व्यवस्था मिलाउन सरकारको ध्यानाकर्षण गराएका छन् ।

प्रतिनिधिसभाको सोमबारको बैठकमा बोल्दै सांसदहरुले केन्द्र, प्रदेश र स्थानीय तहमा रहेका दैवीप्रकोप उद्धार समितिलाई तयारी अवस्थामा राख्न सरकारको ध्यानाकर्षण गराए । सांसद केदार सिग्देलले तनहुँ जिल्लाको भिमादन नगरपालिका वडा नम्बर ६ र शुक्ला गण्डकी नगरपालिका वडा नम्बर ४ को भिमाद बजार र पुलचोक बस्तीलाई सेती नदीको कटानले जोखिम बनाएको भन्दै सरकारको गम्भीर ध्यानाकर्षण गराउनुभयो ।

आकाशमा बादल देखिना साथ स्थानीहरु बस्ती छाडेर रुख मुनि बस्न बाध्य भएको भन्दै उहाँले बर्षा सुरु भएसंगै जुनसुकै बेला पनि ती बस्ती नदीको भेलमा पुग्न सक्ने जोखिम रहेकाले तत्काल त्यस क्षेत्रका स्थानीयको जीउ धनको सुरक्षाको व्यवस्था मिलाउन सरकारसंग माग गर्नुभयो ।

उहाँले शुक्ला गण्डकी नगरपालिका अन्र्तगतका दर्जन बढी स्थानमा विगत ४० बर्ष देखि बसोबास गर्दै आएका १५ सय बढीले अझै लालपुर्जा पाउन नसकेको भन्दै तत्काल लालपुर्जा प्राप्त गर्ने प्रबन्ध मिलाउन पनि उहाँले सम्बन्धीत मन्त्रालयको ध्यानाकर्षण गराउनुभयो ।

सांसद पवित्रा निरौला खरेल बर्षा संगै झापा क्षेत्र नम्बर २ दुर्गापुर–दैझोडा– खुदुनबारी बीचमा पर्ने कजवे भत्किएको र बस्ती डुबानमा परेको भन्दै चाडो पुल निर्माण गरि सुचारु गराउन सरकारको ध्यानाकर्षण गराउनुभयो ।

सांसद पार्वति कुमारी बिशुंन्केले केन्द्र, जिल्ला र स्थानीय तहमा भएको दैवी उद्धार समितिलाई साधन स्रोत सम्पन्न गरि सक्रिय बनाउन ध्यानाकर्षण गराउनुभयो ।

सांसद पुर्ण कुमारी सुवेदी ले अबिरल बर्षासंगै बाँकेमा पनि बाढीको संभावित जोखिम देखिएको भन्दै पुर्व तयारी र सुरक्षित बसोबासको व्यवस्था मिलाउन सरकारसंग माग गर्नुभयो । उहाँले आमाको नामबाट नागरिकता दिने व्यवस्था तत्काल मिलाउन सरकारको ध्यानाकर्षण गराउनुभयो ।

सुन्य समयमा बोल्दै सांसद तेजुलाल चौधरीले सप्तरी जिल्ला वडाअध्यक्षको मिलेमतोमा विदेशीलाई नेपाली नागरिकता दिने काम गरिएको भन्दै त्यस कार्यमा संलग्नलाई कारवाही गर्न माग गर्नुभयो ।

सांसद दिलेन्द्र प्रसाद बडुले चिकित्सा शिक्षा र स्वास्थ्यलाई गुणस्तर बनाउने डाक्टर केसीको मागप्रति सरकार असहमत हुनुपर्ने कारणबारे सदनलाई जानकारी गराउन माग गर्नुभयो ।

सांसद दिव्यमणि राज भण्डारीले दोलखा जिल्लामा संचालित अपर तामाकोसी हाईड्रो पावर लिमिटेडको जिल्लाबासीका लागि आव्हान गरेको शेयर आवेदनको समय असोज सम्मको समय मिलाउन माग गर्नुभयो ।

सांसद दुर्गा बहादुर रावतले जनयुद्ध, जनआन्दोलनका घाईतेहरुको उपचार, विस्थापित शिक्षकको पुर्नवहाली नभएको भन्दै ती विषयहरु कुन मन्त्रालयले हेर्ने हो भनी सरकारसंग जानकारी माग गर्नुभयो ।

सांसद धु्रब कुमार शाही विभिन्न आयोगबाट पाएको लालपुर्जाले जग्गा धनीको रुपमा काम गर्न नसकेको भन्दै अव्यवस्थित बसोबास गरेकाहरुलाई व्यवस्थित बसोबासको व्यवस्था मिलाउन सरकारको ध्यानाकर्षण गराउनुभयो ।

सांसद निरु देवीपालले कंचनपुर जिल्लाको भिमदत्त नगरपालिका स्थित विमानस्थल गौचरणमा परिणत भएको भन्दै कंचनपुरको विमानस्थललाई डोमेस्टिक र धनगढी विमानस्थललाई अन्तराष्ट्रिय एयरपोर्ट बनाउन पर्यटन मन्त्रालयको ध्यानकर्षण गराउनुभयो ।
पुष्पा भुसाल गौतमले राष्ट्रिय अन्तराष्ट्रिय मानवअधिकार सम्बन्धी अभिसन्धिीलाई सम्मान गर्दै वीरअस्पतालमा उपचार गराईरहेकी गंगामाया अधिकारीको जीवन रक्षा गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो ।

सांसद प्रकाश रसाईलीले पोखरा विमानस्थल निर्माणमा व्यापक भ्रष्ट्राचार भएको भन्दै छानविनको माग गर्नुभयो ।

सांसद प्रेम सुवालले माईतिघर मण्डलालाई विरोध प्रर्दशनमा रोक लगाउने सरकारी निर्णय फिर्ता लिन सरकारसंग माग गर्नुभयो । उहाँले भन्नुभयो“राजनीतिक दलले गर्ने विरोध जथाभावी हुदैन । प्रतिपक्षीको विरोधले सरकारलाई सचेत गर्छ । विरोध र सभा जनतालाई सचेत पार्न गरिने हो । यसको पनि परम्परा र संस्कृति हुन्छ । सरकारको यो निर्णय फेरी प्रतिगमन, राजतन्त्रको पुनस्थापन र प्रतिगमनकारीहरुको पुनरागमन त होइन ? भनी प्रश्न उठिरहेको छ । सरकारले यो निर्णय फिर्ता लिनुपर्छ ।”

त्यस्तै सोमबार बसेको प्रतिनिधीसभाको दोश्रो बैठकमा कानुन न्याय तथा संसदीय मामिला मन्त्री शेर बहादुर तामाङ्गले बेपत्ता पारिएका व्यक्तिको छानविन, सत्य निरुपण तथा वेपत्ता आयोग पहिलो संसोधन विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव पेश भएको छ । यो प्रस्ताव पेश भएसंगै बैठक अपरान्ह ४ बजे सम्मका लागि स्थगित भएको छ ।

आजै बसेको प्रतिनिधिसभाको पहिलो बैठकमा बेपत्ता पारिएका व्यक्तिको छानविन, सत्य निरुपण तथा वेपत्ता आयोग पहिलो संसोधन विधेयकका सम्बन्धमा राष्ट्रियसभाबाट प्राप्त सन्देश सहितको विधेयक टेबुल भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

झापाबाट चितवनसम्म बजेट कटौतीको सन्देश: राजनीतिक प्रभाव कम कि विकासको नयाँ मोडेल?

बजेट ‘शक्तिकेन्द्र’ को वरिपरि घुम्यो: रास्वपा सांसदहरूकै कडा आलोचना

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

न्यूयोर्कटाइम्सका स्तमभ्कार लेख्छन्ः तेहरानले कसरी विश्व जित्यो ?

झापाबाट चितवनसम्म बजेट कटौतीको सन्देश: राजनीतिक प्रभाव कम कि विकासको नयाँ मोडेल?

बजेट ‘शक्तिकेन्द्र’ को वरिपरि घुम्यो: रास्वपा सांसदहरूकै कडा आलोचना

राहदानी विभागका महानिर्देशक र निर्देशक ४ दिन थुनामा, भ्रष्टाचार प्रकरणमा अनुसन्धान सुरु

मुस्ताङमा भारतको सहयोगमा उच्च प्रभाव सामुदायिक विकास परियोजना उदघाटन

भाइरल भिडिओले समस्यामा रास्वपा सांसद सृष्टी : कारबाही गर्न माग

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group