
कपिलवस्तु ,१७ असार । कपिलवस्तु प्रहरीले सीमा क्षेत्र कृष्णनगर नाका बाट चेक जाचको क्रमा अवैध रुपमा भारतीय रुपैया नेपाल भित्रयाउदै गर्दा २ जनालाई पक्राउ गरेको छ ।
एचआर०८ एक्स ६०८८ नम्बरको कार भारतीय सीमानाबाट नेपाल आउने क्रममा प्रहरीले चेकजाँच गर्दा चालक भारत तर्फ भागेपछि प्रहरीले शंका लागि खानतलासी गरेको थियो । सो क्रममा फल्स बटम बनाई सीट मुनी लुकाइ राखेको २ हजार तथा ५ सय का १३ लाख १३ हजार ६ सय भारतीय रुपैया प्रहरीले नियन्त्रणमा लिएको छ ।

पक्राउ पर्नेमा भारतीय नागरिक राजेन्द्र जाट र नेपालको कैलालीका महेन्द्र ओझा रहेका छन पक्राउ परेका बिरुद्ध विदेशी मुद्रा ओसारपसार तथा अपचलन ऐन अनुसार कारवाही प्रक्रिया अघि बढाइने जानकारी प्रहरीले दिएको छ ।
यस्तै गरी प्रदेश नं। ५ को प्रहरी अनुसन्धान समूहको टोली तथा वडा प्रहरी कार्यालय कपिलवस्तुको संयुक्त अप्रेशनमा २२ किलो चरेश सहित ३ जनालाई पक्राउ गरिएको छ । शनिबार राती ११ बजे टोलीले शिवराज नगरपालिका १ उमरी चोकमा विशेष सुराकीको आधारमा चेकजाँच गर्दा रा ३ प २३४३ नम्बरको मोटरसाइकलमा सवार ३ जनाको झोलाबाट ५५ पोकामा चरेश भेटिएको थियो ।
पक्राउ पर्नेमा रोल्पा थवाङ्ग घर भई उमरी बस्दै आएका राश कुमार रोका, दाङ्ग तुल्सीपुरका आशिष खड्का र किरण प्रकाश बम रहेका छन् । पक्राउ तीनै जनालाई लागूओषध कारोबार ऐन अन्र्तगत मुद्धा चलाईने प्रहरी उपरिक्षक मनोज यादवले जानकारी दिनुभयो । ।
यसै गरि अवैध हथियार लिएर तर्साउदै हिडेका २ जनालाई समेत प्रहरीले पक्राउ गरेका छ । कपिलवस्तु नगरपालिका ११ जहदीका ३२ बर्षिय मुन्नु भन्ने मतिष्वर अहिर र १९ बर्षका नन्दकिशोर यादवलाई रिभल्वर सहित पक्राउ गरिएको जनाएको छ । उनीहरुलाई संगठित अपराध, अवैध हाथहथियार तथा खरखजना ऐन अन्र्तगत मुद्धा दर्ता गरिने प्रहरी उपरिक्षक मनोज यादवले जानकारी दिनुभयो ।



















प्रतिक्रिया दिनुहोस्