ललितपुर, १७ असार । आगलागी नियन्त्रणका लागि दमकल आवश्यक भए पनि महानगरपालिकाका भित्री भागमा पुग्न सक्दैनन् ।
साँघुरा बाटाका कारण नगरका भित्री भागसम्म दमकल नजाने नगर प्रहरी प्रमुख कदमलाल महर्जनले बताएका छन । दमकल जाने ठाउँसम्म लगेर नजाने ठाउँबाट रोलिङ तानेर आगो नियन्त्रण हुने गरेको छ ।
बाटाबाट टाढा हुँदा एकातिर रोलिङ पु¥याउन समय लाग्ने र अर्कातिर पानी कम जोडले जान्छ । उनले भने “सडक नजीकका घरमा भन्दा टाढाका घरमा नियन्त्रणको काम थाल्नै ढिला हुन्छ र निभ्न पनि धेरै समय लाग्छ ।”
बाटो नभएका स्थानमा घरको माथिबाट रोलिङ लगेर आगो लागेको स्थानसम्म पुग्नुपर्ने महर्जन बताउछन । रोलिङ मिलाएर पुग्दासम्म समय लाग्छ । छोटो समयमा नै आगो ठूलो क्षेत्रफलमा फैलिन्छ । उनी भन्छन, ठूलो आगो लाग्यो भने जनधनको क्षति हुने सम्भावना हुन्छ ।”
सडक नजाने नगरका भित्री भागमा फायर मेशिन र रिजर्भ पानी ट्याङ्की राखेर स्थानीयस्तरमा पनि आगो नियन्त्रणको प्रयास गर्न सकिन्छ । उनी भन्छन, हामीसँग नागबहालमा मात्रै यी प्रविधि र ज्ञान भएका स्थानीयवासी छन् । महानगरपालिकामा दुई पानीट्याङ्की भएका र दुई नभएका गरेर चार दमकल छन् ।



















प्रतिक्रिया दिनुहोस्