ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

विस्तृत परियोजना प्रतिवेदनको काम अन्तिम चरणमा


bhawani desk

चितवन, १४ असार । शक्तिखोरस्थित औद्योगिक क्षेत्रको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) निर्माण अन्तिम चरणमा पुगेको छ ।

यसको वातावरण प्रभाव मूल्यांकन (इआइए) को काम शुरु भएको छ । औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडका अध्यक्ष तथा महाप्रबन्धक नन्दकिशोर बस्नेतका अनुसार असार पहिलो साताबाट सूचना जारी गरी इआइएको प्रक्रिया शुरु गरिएको हो ।

बस्नेतका अनुसार यही असार ७ गते प्रारम्भिक वातावरण प्रभाव मूल्यांकन (इआइए)का लागि सूचना जारी भइसकेको छ । मुलुकका विभिन्न ठाउँमा औद्योगिक क्षेत्र निर्माण गर्ने घोषणा भइसकेकाले ती क्षेत्रमा पनि निर्माणको काम तीव्र पारिएको छ ।
शक्तिखोर र झापाको दमकलाई प्राथमिकता दिएका छौँ, उहाँले भन्नुभयो । विसं २०७३ फागुन ३ गते बसेको मन्त्रिपरिषद् बैठकले औद्योगिक क्षेत्र बनाउने निर्णय गरेको थियो ।

चितवनको शक्तिखोरमा एक हजार ७४१ बिघा क्षेत्रमा औद्योगिक क्षेत्र बनाइँदैछ । सरकाले प्रदेश नं १, २, ४ र ६ मा एक÷एक, प्रदेश नं ३ मा २, प्रदेश नं ५ मा ३ र प्रदेश नं ७ मा दुईवटा औद्योगिक क्षेत्र बनाउने घोषणा गरेको छ ।

शक्तिखोरस्थित पूर्वमाओवादी लडाकुको शिविर नजिक एक हजार ७४१ बिघा क्षेत्रमा औद्योगिक क्षेत्र बनाउने काम थालिएको हो । डिपिआर र इआइएको काम सकिएपछि व्यवस्थापन र निर्माणको काम थालिने बताइएको छ । चितवनमा २५ प्रतिशत मात्रै रूख काटिने र त्यसमा पनि कुकाठ पर्नेछ । वातावरणमैत्री र पार्कसहितको अत्याधुनिक औद्योगिक क्षेत्र निर्माण हुने अध्यक्ष बस्नेत बताउनुहुन्छ ।

कूल क्षेत्रमध्ये २५ प्रतिशत पार्कलाई छुट्याउनुपर्ने व्यवस्था छ । अब बन्ने औद्योगिक क्षेत्र अन्तर्राष्ट्रियस्तरको अत्याधुनिक बन्ने बताइएको छ । पच्चिस प्रतिशत क्षेत्रमा पार्क हुनेछ । क्षेत्रभित्रै विद्यालय, खेलमैदान तथा अस्पताल बनाइनेछ । औद्योगिक क्षेत्र भित्रै अपार्टमेन्टसमेत निर्माण गरिने बस्नेत बताउनुहुन्छ । आवासीय रुपमा मजदुर रहने व्यवस्था हुनेछ ।

कालिका नगरपालिकाका प्रमुख खुमनारायण श्रेष्ठले यहाँ औद्योगिक क्षेत्र निर्माण हुन लागेकामा खुशी व्यक्त गर्दै नगरपालिकाले आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो ।

यस्तै चितवन उद्योग संघका अध्यक्ष भेषराज दुवाडीले औद्योगिक क्षेत्र निर्माणका लागि शुरुदेखि नै संघले पहल गरिरहेकाले अहिले काम तीव्र गतिमा अघि बढेको भन्दै आगामी एक वर्ष भित्रमा पहिलो ब्लकको संरचना निर्माण हुने आशा व्यक्त गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

कालाबाङ घरेडीमा फोनिजको अन्तरक्रिया

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com