बुटवल, ८ असार । नेपाल कम्युनिष्ट पार्टीका महासचिव विष्णु पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमण उत्साहजनक भइरहेको बताएका छन ।
आज यहाँ आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा उनले अब ढिलोमा सात वर्षमा काठमाडौँमा रेलमार्ग सञ्चालन हुने बताए ।
महासचिव पौडेलले पर्यटन, ऊर्जा, सडक सञ्जाललगायत विभिन्न विषयमा चीनसँग सहमति हुने बताउँदै चीन र भारतसँगको समान सम्बन्धबाट नेपालको विकास सम्भव हुने धारणा व्यक्त गरे ।
उनले भने दुई पार्टीबीचको एकताले केहीलाई विचलित बनाएको छ, त्यसैले उनीहरुले ठाउँ खोजिरहेका छन् ।
महासचिव पौडेलले मुलुक राजनीतिक स्थिरता र विकासको चरणमा छ भन्दै यसबाट मुलुकले दिगो लाभ हासिल गर्दा समृद्धि प्राप्त हुने बताएका छन ।
बुटवल उपमहानगरपालिकाको प्रशासनिक भवन शिलान्यासका लागि उनी आज बुटवल आएको हो।
प्रतिक्रिया दिनुहोस्