ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

जनतामुखी सेवा र पूर्वाधारमा प्रदेश सरकारको जोड


bhawani desk

पोखरा, ८ असार । पोखरा लेखनाथ महानगरपालिकाले आसन्न तेस्रो नगरसभामा लैजाने नीति, कार्यक्रम र बजेटमा समावेश गर्ने विषयमा प्रदेश नं ४ का मुख्यमन्त्रीसहित मन्त्रीसँग गरिएको छलफलमा जनतामुखी सेवा र पूर्वाधारलाई प्राथमिकतामा राख्नुपर्नेमा जोड दिइएको छ ।

प्रदेशको समृद्धि र विकास जनतासँग प्रत्यक्ष जोडिएको बताउँदै छलफलमा सहभागी मन्त्रीहरूले जनतामुखी सेवा र पूर्वाधार विकासलाई प्राथमिकतामा राख्दै जनअपेक्षालाई सम्बोधन गर्नुपर्ने सुझाव दिए ।

छलफलमा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले पोखराको विकासका लागि महानगरसँग सहकार्य गर्न प्रदेश सरकार तयार रहेको बताउँदै प्राथमिकताका क्षेत्र तोकेर विकास निर्माणका साथै सार्वजनिक जग्गाको संरक्षणमा ध्यान दिन सुझाव दिनुभयो ।

उहाँले महानगरले आन्तरिक सडक व्यवस्थापनमा ध्यान दिनुपर्नेमा जोड दिँदै चारदेखि छ लेनका सडक निर्माणलाई प्राथमिकता दिएमात्र पोखराको सुन्दरता झल्किने धारणा राख्नुभयो ।

क्षेत्रीय बसपार्क निर्माण प्रदेश सरकारको प्राथमिकता भएकाले महानगरले मेट्रो बसपार्कतर्फ सोच्न आग्रह गर्दै उहाँले पोखराको प्रत्येक वडामा एउटा पार्क निर्माण गर्ने योजनालाई समेट्नुपर्ने उल्लेख गर्नुभयो ।

आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङले पोखरा प्रदेशको राजधानी भएकाले यसलाई आधुनिक शहर निर्माण गर्न आवश्यक पूर्वाधारमा जोड दिनुपर्ने बताउनुभयो ।

सडक विस्तारका साथै बसबिसौनी निर्माणमा ध्यान दिएर पोखराको ट्राफिक व्यवस्थापन अपरिहार्य भएको बताउँदै उहाँले महानगरले कर बढाएर नभई दायरा बढाएर राजश्व संकलनमा जोड दिनुपर्ने आँैल्याउनुभयो ।

आन्तरिक मामिला तथा कानून मन्त्री हरिबहादुर चुमानले स्थानीय तह र प्रदेश बलियो भएमात्र संघीयता बलियो हुने धारणा राख्नुभयो । उहाँले पोखरा शहरलाई प्रविधिले निगरानी गर्नुपर्ने उल्लेख गर्दै सडक सुरक्षामा ध्यान दिन आवश्यक भएकामा जोड दिनुभयो ।

भौतिक पूर्वाधार विकास मन्त्री रामशरण बस्नेतले पोखराका पर्यटकीय र ऐतिहासिकस्थलको संरक्षण गर्नुपर्ने बताउँदै जथाभावी राखिएका बिजुलीका पोल हटाएर तारलाई जमिनमुनि व्यवस्थापन गर्नुपर्ने उल्लेख गर्नुभयो ।

भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री लेखबहादुर थापाले पोखराका कृषि कोल्ड स्टोर्स निर्माणको योजना मन्त्रालले बनाएको बताउँदै महानगरसँग सहकार्य गर्ने धारणा राख्नुभयो ।

उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री विकास लम्सालले पर्यटन पूर्वाधारमा महानगरसँग सहकार्य गर्न मन्त्रालय तयार रहेको बताउँदै रत्नमन्दिरलाई सङ्ग्रहालयका रुपमा विकास गरेर पर्यटकीय गन्तव्य बनाउन मन्त्रालय र महानगरको सहकार्य हुनुपर्नेमा जोड दिनुभयो ।

सामाजिक विकास मन्त्री नरदेवी पुन मगरले प्रदेश विश्वविद्यालय र प्राविधिक महाविद्यालय बनाउने योजना मन्त्रालयले बनाएकाले महानगरसँग सहकार्य गरेर काम गर्ने विचार व्यक्त गर्नुभयो ।

प्रदेश नं ४ का मुख्यसचिव नारायणप्रसाद बिडारीले महानगरले पर्यटन र कृषिलाई विशेष महत्व दिनुपर्ने उल्लेख गर्नुभयो ।

महानगर प्रमुख मानबहादुर जिसीले स्थानीय तह सेवा प्रदायक संस्था भएकाले सेवालाई चुस्त, दुरुस्त, छिटो, छरितो बनाउँदै पोखरालाई आधुनिक शहर बनाउन चाहिने पूर्वाधार निर्माणलगायतका विषयलाई प्राथमिकतामा राखिएको बताउनुभयो ।

छलफलमा पोखरा लेखनाथ महानगरका उपप्रमुख मञ्जुदेवी गुरुङ र प्रमुख प्रशासकीय अधिकृत शेषनारायण पौडेललगायतले महानगरका भावी योजनालगायतका विषयमा आ–आफ्ना धारणा राख्नुभएको थियो ।

यही असार १० गते महानगरको तेस्रो महानगरसभा हुँदैछ । महानगरले रु पाँच अर्ब ६५ करोडको बजेट ल्याउने तयारी गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

कालाबाङ घरेडीमा फोनिजको अन्तरक्रिया

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com