ABC NEWS NEPAL | No.1 News channel of Nepal
२७ जेष्ठ २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

 मन्त्री गोकुलप्रसादले सदस्य दुवाडीलाई शपथ


bhawani desk
असार ७, २०७५ बिहीबार   ५ : २१   बजे

 

काठमाडौँ, ७ असार । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले नेपाल दूरसञ्चार प्राधिकरणका नवनियुक्त सदस्य राममणि दुवाडीलाई शपथ दिलाउनुभएको छ ।

मन्त्रालयमा आज आयोजित कार्यक्रममा मन्त्री बाँस्कोटाले सदस्य दुवाडीलाई शपथ गराउनुभएको हो । शपथ ग्रहण कार्यक्रमपछि मन्त्री बाँस्कोटाले प्राधिकरण मुलुकको दूरसञ्चार विकासको मस्तिष्क भएको बताउँदै डिजिटल र समृद्ध नेपाल निर्माणमा यसको सक्रियता महत्वपूर्ण हुने धारणा व्यक्त गर्नुभयो ।

प्राधिकरणका अध्यक्ष र सदस्यलाई तदारुकताका साथ संस्थाको उद्देश्यअनुसारको काम गर्न निर्देशन दिँदै उहाँले भन्नुभयो, “सही र राम्रो काम गर्न कसैलाई पर्खनु पर्दैन ।” संस्थाको लक्ष्य हासिल गरेर देशलाई सेवा गर्नुपर्ने मन्त्री बाँस्कोटाको भनाइ थियो ।

उहाँले भन्नुभयो, “बेथितिहरु आफ्नोतर्फबाट पनि नगरौँ र अन्य सेवा प्रदायकबाट पनि हुन नदिऔँ ।” निजी क्षेत्र पनि सेवा प्रवाह गर्ने कुरामा सरकार जत्तिकै इमान्दार हुनुपर्ने उहाँको धारणा थियो ।

प्राधिकरणमा अध्यक्षसहित पाँच सदस्य रहने कानूनी प्रावधान छ । धादिङ निवासी दुवाडी प्राधिकरणको बजार व्यवस्थापनतर्फको सदस्यमा खुला प्रतिस्पर्धाबाट पाँच वर्षका लागि नियुक्त हुनुभएको हो । (श्रव्य र तस्वीर उपलब्ध छ)

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

प्रधानमन्त्री संसद्‌मा आउनुस् नआउनुस् अब हामीलाई सरोकार छैन : कांग्रेस

रविलाई भीष्मराजको प्रश्न– दिल्लीमा हुँदा सिमानाको ‘स’ र कालापानीको ‘क’ उच्चारण किन गरिएन ?

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

प्रधानमन्त्री संसद्‌मा आउनुस् नआउनुस् अब हामीलाई सरोकार छैन : कांग्रेस

रविलाई भीष्मराजको प्रश्न– दिल्लीमा हुँदा सिमानाको ‘स’ र कालापानीको ‘क’ उच्चारण किन गरिएन ?

नेकपाले संसद्‌मा भन्यो– सीमाका विषयमा नेपाली यसरी कहिल्यै विभाजित भएका थिएनौं

खुश्बुले बलात्कार र ज्यान मार्ने धम्की आयो भनेलगत्तै गृहमन्त्रीले गरे छलफल

बालेनलाई बादलको प्रश्नः राष्ट्रिय आत्मसमर्पण हो कि ? राष्ट्र स्वाभिमान ?

नेपाल–भारत सीमा व्यवस्थापन संयुक्त कार्य समूहको बैठक अगस्टमा बस्छ : परराष्ट्रमन्त्री खनाल

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group