ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रतिनिधिसभा निर्वाचन २०८२

कुल उमेदवार ३४०६
पार्टीहरूको संख्या ६७
निर्वाचन क्षेत्र १६५
कुल मतदाता १,८९,०३,६८९
सम्पूर्ण अपडेट

दुर्घटना न्यूनीकरण अभियान, टाइम कार्ड लागू


bhawani desk
असार ७, २०७५ बिहीबार  ११ : २२ बजे

भक्तपुर, ७ असार । अरनिको राजमार्ग खण्डअन्तर्गत भक्तपुरको मनोहरा पुलदेखि साँगासम्म व्यापकरुपमा दुर्घटना बढेपछि दुर्घटना न्यूनीकरण अभियान शुरु भएको छ ।
महानगरीय प्रहरी परिसर भक्तपुरले दुर्घटना न्यूनीकरण अभियान शुरु गर्दै सार्वजनिक एवं मालबाहक सवारीसाधनका हकमा मंगलबारदेखि टाइम कार्ड लागू गरेको छ ।

प्रहरीले मनोहरा पुलदेखि साँगासम्म सात स्थानमा प्रहरीको समूह नै परिचालन गरी सवारीसाधनको गति नाप्ने, पैदलयात्रुलाई जेब्रा क्रसिङबाट मात्रै बाटो काट्न सिकाउने, सार्वजनिक सवारी साधनलाई बस स्टपमा मात्रै रोक्न लगाउने, सडक लेनको अनिवार्य पालना गर्न लगाउनेजस्ता कार्य गर्दै अभियान सञ्चालन गरिएको हो ।

प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक हिमालय कुमार श्रेष्ठले छ लेन सडक र साँगासम्मको सडक दुर्घटनाको दृष्टिकोणले ज्यादै जोखिमपूर्ण भएकाले यो सडकमा दुर्घटना न्यूनीकरणका लागि १० दिने अभियान शुरु गरेको जानकारी दिएका छन ।

उनले भने ,अभियानकै लागि सात ठाउँमा प्रहरी परिचालन गरेर अभियान शुरु गरेका छौँ, अभियानमा खटिएका प्रहरीले पर्चा बाँड्ने, सवारी चालकदेखि पैदलयात्रुसम्मलाई परामर्श दिने, बस स्टपमा नरोक्ने, जथाभावी सवारी हाक्ने, तीव्रगतिमा सवारी चलाउने, लेन पालना नगर्ने सवारीसाधनलाई तत्कालै कारबाहीस्वरुप जरिवाना लगाउने कार्य भएको छ ।

अभियान सञ्चालन गर्नु अघि यातायात व्यवसायीसँग दुर्घटना न्यूनीकरणकाबारेमा छलफल भएको र व्यवसायीलाई जानकारी दिएरै अभियान सञ्चालनसँगै कारबाही अगाडि बढाएको उनले जानकारी दिएका छन ।

दुर्घटना बढेपछि प्रहरीले साँगादेखि भक्तपुर आउँदा र जाँदा टाइम कार्ड लागू गरेको छ । टिपरको ठक्करबाट एकैपटक तीन जनाको ज्यान गएपछि प्रहरीले सोही दिनदेखि टाइम कार्ड लागू गरेको प्रहरी उपरीक्षक श्रेष्ठले जानकारी दिएका छन ।

उनले भने,साँगाबाट भक्तपुरतर्फ आउँदा र जाँदा सार्वजनिक तथा मालबाहक सवारीसाधनलाई टाइम कार्ड लगाएका छौँ, निर्धारित टाइमभन्दा बढी गतिमा हाँके सवारी चालकलाई कारबाही गर्छौं, यसले पनि तीव्रगतिका कारण हुने दुर्घटना न्यूनीकरणमा सहयोग पु¥याउँछ ।

प्रहरीले सडक दुर्घटनाको अर्को कारणका रुपमा देखिएको छाडा गाईबस्तु हटाउन सम्बन्धित नगरपालिकालाई अनुरोध गरेको बताउँदै नगरपालिकाले त्यसतर्फ चासो नदिएकाले प्रहरी आफैँले हटाउने तयारी गरिएको श्रेष्ठले जानकारी दिएका छन ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

काठमाडौं– ३ को मतगणना सुरु

धन्यवाद र मौनताबीचको राजनीति: एमाले अध्यक्ष किन चुप ?

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

काठमाडौं– ३ को मतगणना सुरु

चितवन २ र झापा ५ मा कांग्रेस–एमाले चुनावी तालमेल भएको खुलासा

धन्यवाद र मौनताबीचको राजनीति: एमाले अध्यक्ष किन चुप ?

‘उत्साहजनक सहभागितासहित निर्वाचन सम्पन्न, स्वागत गर्छौँ’ : भारत

प्रतिनिधिसभा निर्वाचन: २०४८ यता सबैभन्दा कम मतदान , जेन जी विद्रोहपछि अपेक्षा टुट्यो

प्रतिवेदन सार्वजनिक गर्छु, छिटै सत्ता छोड्छु– प्रधानमन्त्री कार्की

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com