ABC NEWS NEPAL | No.1 News channel of Nepal
२७ जेष्ठ २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

लागुऔषधविरुद्धको अन्तर्राष्ट्रिय दिवस


bhawani desk
असार ६, २०७५ बुधबार   ३ : २६   बजे

काठमाडौँ, ६ असार । सप्ताहव्यापी रुपमा विविध कार्यक्रमको आयोजना गरी लागुऔषध दुरुपयोग एवं ओसारपसारविरुद्धको अन्तर्राष्ट्रिय दिवस आजदेखि शुरु भएको छ ।

सो अवसरमा आज गृह मन्त्रालयमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा गृहसचिव प्रेमकुमार राईले आजदेखि असार १२ गतेसम्म विविध कार्यक्रमको आयोजना गरी सप्ताहव्यापी रुपमा संघ, प्रदेश र स्थानीय तहमा यो दिवस मनाइने जानकारी दिनुभयो ।

लागुऔषधको प्रयोग र ओसारपसार समग्र समाज र राष्ट्रका लागि चुनौती बन्दै गएकाले यसविरुद्ध सबैको साथ र सहयोग आवश्यक रहेकामा उहाँले जोड दिनुभयो ।

गृहसचिव राईले हाल वार्षिक ११ प्रतिशतका दरले लागुऔषधका प्रयोगकर्ता बढिरहेको विवरण पेश गर्दै यसलाई यो वर्ष पाँचदेखि ७ प्रतिशतमा झार्ने लक्ष्यसहित गृहमन्त्रालयले कार्ययोजना बनाएको बताउनुभयो ।

कार्यक्रममा गृह मन्त्रालयका सहसचिव नारायणप्रसाद शर्मा दुवाडीले कार्ययोजनासहित सचेतना अभियान सञ्चालन, लागुऔषध नियन्त्रणसम्बन्धी नीति, ऐन, निर्देशिका तर्जुमा तथा परिमार्जन सम्बन्धमा छलफल, अन्तक्र्रिया, गाँजा÷अफिम फँडानी, प्रभातफेरी र सभालगायतका कार्यक्रम आयोजना गरिने जानकारी दिनुभयो ।

उहाँले नेपालमा हाल करिब एक लाख ५० हजारभन्दा बढी लागुऔषध प्रयोगकर्ता रहेको विवरण प्रस्तुत गर्दै यसको नियन्त्रणका लागि कठोर रुपमा सरकार प्रस्तुत हुने तयारी गरिरहेको बताउनुभयो ।

कार्यक्रममा दिवसको अवसरमा असार १२ गते गृहमन्त्री रामबहादुर थापा ‘बादल’को उपस्थितिमा काठमाडौँमा विशेष कार्यक्रमको आयोजना गरिने जानकारी दिइयो ।

लागु औषधको उत्पादन, ओसारपसार, बिक्री वितरण तथा सेवनलाई प्रभावकारी रुपमा नियन्त्रणका लागि आवश्यक अध्ययन, अनुसन्धान, सर्वेक्षण तथा सोको आधारमा नीतिगत तथा कानूनी व्यवस्था परिमार्जन गरी कार्यान्वयन गर्न प्रतिबद्ध रहेको गृहमन्त्रालयले जनाएको छ ।

यस वर्षको राष्ट्रिय नारा ‘स्वस्थ, सवल र समृद्ध नेपालको प्रतिबद्धता: लागुऔषध अपराधविरुद्धको ऐक्यबद्धता रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

प्रधानमन्त्री संसद्‌मा आउनुस् नआउनुस् अब हामीलाई सरोकार छैन : कांग्रेस

रविलाई भीष्मराजको प्रश्न– दिल्लीमा हुँदा सिमानाको ‘स’ र कालापानीको ‘क’ उच्चारण किन गरिएन ?

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

प्रधानमन्त्री संसद्‌मा आउनुस् नआउनुस् अब हामीलाई सरोकार छैन : कांग्रेस

रविलाई भीष्मराजको प्रश्न– दिल्लीमा हुँदा सिमानाको ‘स’ र कालापानीको ‘क’ उच्चारण किन गरिएन ?

नेकपाले संसद्‌मा भन्यो– सीमाका विषयमा नेपाली यसरी कहिल्यै विभाजित भएका थिएनौं

खुश्बुले बलात्कार र ज्यान मार्ने धम्की आयो भनेलगत्तै गृहमन्त्रीले गरे छलफल

बालेनलाई बादलको प्रश्नः राष्ट्रिय आत्मसमर्पण हो कि ? राष्ट्र स्वाभिमान ?

नेपाल–भारत सीमा व्यवस्थापन संयुक्त कार्य समूहको बैठक अगस्टमा बस्छ : परराष्ट्रमन्त्री खनाल

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group