ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रतिनिधिसभा निर्वाचन २०८२

कुल उमेदवार ३४०६
पार्टीहरूको संख्या ६७
निर्वाचन क्षेत्र १६५
कुल मतदाता १,८९,०३,६८९
सम्पूर्ण अपडेट

धौलागिरिको फेदमा होटल व्यवसाय


bhawani desk
असार ६, २०७५ बुधबार  ३ : ०७ बजे

म्याग्दी, ६ असार। वरिपरि हिमालले घेरिएको छ । बीचमा रहेको टापु जस्तै डाँडोमा सानो घर बनाइको छ । पहाडको पाखो सम्याएर हेलिप्याड बनाइएको छ ।

राति यही मैदानमा पर्यटक टेण्ट टाँगेर बास बस्छन् । धौलागिरि गाउँपालिका–४ बगराका हरिप्रसाद तिलिजाले विगत २५ वर्षदेखि मुदीस्थित धौलागिरि हिमालको आधार शिविर जाने पदमार्गमा होटल सञ्चालन गर्दै आउनुभएको छ ।

तिलिजाले आफ्नो जीवनको महत्वपूर्ण समय यही होटलमा खर्चिनुभएको छ । यहाँबाट धौलागिरि हिमालको आधार शिविर पुग्न एक दिनको पदयात्रा गर्नुपर्छ । मुदीको अन्तिम मावनबस्ती जेल्टुङदेखि दुई दिनको पैदलदुरीमा रहेको ‘इटाली क्याम्प’मा धौलागिरि पदमार्ग हुदै आधार शिविर, चक्रिय धौलागिरि र धौलागिरि हिमालको आरोहणको लागि आउने पर्यटक बास बस्छन् ।

“पर्यटककै सुविधाका लागि होटल सञ्चालन गरेको हुँ, उहाँले भन्नुभयो । उहाँले पर्यटकको लागि खाना र बास बस्ने बन्दोबस्त मिलाउनुभएको छ । समुद्री सतहदेखि करीब तीन हजार ६०० मिटर उचाइमा अवस्थित इटाली आधार शिविरमा तिलिजाले सञ्चालन गरेको होटलको क्षमता ४० जना अटाउने रहेको छ ।

उहाँले निर्माण गर्नुभएको पाँचवटा मैदानमा तीनसय जना अटाउन सक्छन् । दिउँसो यिनै मैदानमा हेलिकप्टर अवतरण गरिन्छ । यहाँ मुदी, बगरा, दोभान हुँदै पदयात्रा गरी पुग्न सकिन्छ । कतिपय पर्यटक हेलिकप्टरमार्फत पुग्छन् । यो पर्यटक बास बस्न मिल्ने एउटा मात्रै होटल हो । पदमार्ग सहज नभएका कारण धेरैजसो पर्यटक म्याग्दीको ताकमसम्म यातायातका साधनमार्फत तथा त्यहाँबाट हेलिकप्टर चढी इटाली क्याम्प पुगेर धौलागिरि हिमालको आधार शिविरतर्फ लाग्छन् ।

होटल वरपरको क्षेत्रमा धौलागिरि १, मानापाथि, धौलागिरि २, धौलागिरि पाँच, छेउवन पिकलगायतका हिमशृंखला रहेका छन् । संसारको सातौ अग्लो धौलागिरि हिमाल (८,१६७ मिटर)को आधार शिविर हुँदै धौलागिरिको फन्को मार्न तथा हिमाल आरोहण गर्ने पर्यटकका सुविधाका लागि होटल सञ्चालन गरेको तिलिजाले बताउनुभयो ।

होटल क्षेत्रबाट वरिपरिका हिमालबाट बग्ने आइसफलको दृश्य हेर्न त्यहाँ आन्तरिक तथा बाह्य पर्यटक पुग्ने गर्छन् । ‘‘यहाँ आउन कठिन छ, जति दुख हुन्छ, आइसकेपछि सबै थकान यहाँको प्राकृतिक सौन्दर्यताले मेटाइदिँदो रहेछ’’ आन्तरिक पर्यटक युवराज पौडेलले भन्नुभयो ।

इटाली क्याम्पबाट हिमशृंखलाको साथै विभिन्न झरना, डाँफे, मुनाल, मृग लगायतका जंगली जनावर र पशुपक्षी नजिकबाट अवलोकन गर्न सकिन्छ । बेनीका बालकृष्ण सुवेदी लोपउन्मुख जनावरलाई नजिकबाट अवलोकन गर्न पाउँदा खुशीको सीमा नरहेको बताउनुहुन्छ । “यस ठाउँलाई केन्द्रित गरी पूर्वाधार निर्माण र प्रचारप्रसार आवश्यक छ,” उहाँले भन्नुभयो ।

होटल सञ्चालन गर्न तिलिजाले रु ४० लाखभन्दा बढी लगानी गरिसक्नुभएको छ । उहाँले शुरुमा चौरवनमा खाजा पसल सञ्चालन गर्नुभएको थियो । पछि छाप्रो हालेर होटल शुरु गर्नुभएको हो । होटल गरेदेखि अहिलेसम्म भएको सबै आम्दानी त्यसकै क्षमता विस्तारमा खर्चिएको उहाँले भनाइ छ ।

धौलागिरि पदमार्गमा वर्षमा ४० देखि ५० वटा समूहमा पर्यटक पुग्ने गरेका छन् । उहाँले सोलारमार्फत बिजुली बाल्नुभएको छ । खानेपानीको समस्या छ, एक किलोमिटर टाढाको मुहानबाट पानी ल्याउने योजना छ, उहाले भन्नुभयो । उहाँले स्याटेलाइट फोन सेवासमेत सञ्चालन गर्नुभएको छ ।

पर्यटनको सम्भावना भएपनि पदमार्ग, ठाउँ ठाउँमा होटल, सञ्चार सुविधा अभाव तथा प्रसारप्रसारको कमीले यहाँ पर्याप्त पर्यटक भित्र्न नसकेका राउण्ड धौलागिरि युवाक्लब बगराका अध्यक्ष डिल पुनले बताउनुभयो । अन्तिम मानवबस्ती बगरगाउँदेखिमाथि पर्यटकको सुविधाका लागि दोबानमा रुपा पुन र कृतबहादुर घर्तीले होटल चलाएका छन्, भने सल्लाघारीमा समलाल पुन र अमलाल पुनले चिया पसल सञ्चालन गरेका छन् ।

देशका अन्य पदमार्ग सडक सुविधाका कारण विस्थापित बनिरहेको अवस्थामा धौलागिरि चक्रिय पदमार्ग सडकबाट टाढा रहेकाले साहसिक यात्राका लागि गन्तव्य स्थलको रुपमा विकास गर्ने योजना बनाएको धौलागिरि गाउँपालिकाका अध्यक्ष थमसरा पुनले बताउनुभयो । उहाँले यस वर्षदेखि धौलागिरिको आधार शिविरमा थुप्रिएको फोहोर हटाउन बजेट विनियोजन गरेको बताउनुभयो । (तस्वीर उपलब्ध छ )

प्रतिक्रिया दिनुहोस्

भर्खरै

काठमाडौं– ३ को मतगणना सुरु

धन्यवाद र मौनताबीचको राजनीति: एमाले अध्यक्ष किन चुप ?

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

काठमाडौं– ३ को मतगणना सुरु

चितवन २ र झापा ५ मा कांग्रेस–एमाले चुनावी तालमेल भएको खुलासा

धन्यवाद र मौनताबीचको राजनीति: एमाले अध्यक्ष किन चुप ?

‘उत्साहजनक सहभागितासहित निर्वाचन सम्पन्न, स्वागत गर्छौँ’ : भारत

प्रतिनिधिसभा निर्वाचन: २०४८ यता सबैभन्दा कम मतदान , जेन जी विद्रोहपछि अपेक्षा टुट्यो

प्रतिवेदन सार्वजनिक गर्छु, छिटै सत्ता छोड्छु– प्रधानमन्त्री कार्की

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com