ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

“समृद्ध प्रदेश, सुखी जनता” प्रदेश ५ को निती तथा कार्यक्रम [पूर्ण पाठ सहित]


sharan sharan
जेष्ठ २५, २०७५ शुक्रबार  ३ : २९ बजे

बुटवल, २५ जेठ
आर्थिक वर्ष २०७५ । ७६का लागि प्रदेश नम्बर ५ को निती तथा कार्यक्रम आज प्रदेश नम्बर ५ सभामा प्रस्तुत गरिएको छ ।
प्रदेशसभाको बैठकलाई सम्बोधन गर्दै प्रदेश नं. ५ का प्रदेशप्रमुख उमाकान्त झाले प्रदेश सरकारको निती तथा कार्यक्रम प्रस्तुत गर्नुभएको हो । प्रदेश प्रमुख झाले प्रस्तुत गर्नुभएको निती तथा कार्यक्रममा प्रदेशको मुल लक्षमा समृद्ध प्रदेश, सुखी जनता लाई मुल नारा बनाईएको छ । प्रदेशलाई समृद्ध बनाउन आर्थिक, सामाजीक र सांस्कृतिक उत्थानलाई बिशेष महत्व दिंदै बिभिन्न कार्यक्रमहरु तय गरेको छ । सरकारको निती तथा कार्यक्रमका अनुसार ४ ज अर्थात जल, जमिन, जंगल र जनशक्तिको भरपुर उपयोग गरि प्रदेशलाई समृद्ध बनाईने छ । सरकारी कार्यक्रममा प्रदेशको नेपालगन्ज कोहलपुर, तुल्सीपुर घोराही र बुटवल भैरहवा गरि ३ स्थानमा बिद्युतीय बस संचालन गरिने, तीनवटा महानगर बनाईने, एक पालिका एक सितभण्डार निर्माण गरिने रामग्रमा देखि तिलौराकोट सम्म मानो रेल संचालन गर्ने जस्ता कार्यक्रमहरु समावेश गरिएकाछन् । कार्यक्रममा यसै वर्ष देखि अर्गानिक उत्पादनको प्रमाणिकरण गर्ने कानुनी ब्यवस्था मिलाईने, सरकारी जग्गालाई ब्यवसायीक खेति गर्न भाडामा उपलब्ध गराउने , च्याउ, पुष्प खेति तथा तरकारी उत्पादक किसानलाई अनुदान दिने ब्यवस्था मिलाईएको छ ।
निती तथा कार्यक्रमले समयमा काम नसक्ने ठेकेदार कम्पनिलाई प्रदेशमा प्रवेश निशेध गरिने उल्लेख गर्दै फागुन ३ गतेलाई प्रदेश दिवस घोषणा गर्दै प्रदेशमा उल्लेख्य काम गर्ने बिभिीन्न ब्यक्तित्वलाई प्रदेश दिवसका अवसरमा मान पदवी प्रदान गरिने बताईएको छ । काहेलपुर स्थिती नेपाल टेलिभिजन र दांगको रेडियो नेपालको रिपिटर सेण्टरलाई प्रदेश स्तरिय प्रशारणका रुपमा बिकास गरिने कार्यक्रममा उल्लेख गरिएको छ ।
निति कार्यक्रम लगत्तै एबिसी न्युजलाई प्रतिक्रिया दिंदै प्रदेशसभाका सभासदहरुले संघिय सरकारको बजेटलाई प्रदेश सरकारको निती कार्यक्रमले आत्मसाथ गर्न नसकेको आरोप लगाएकाछन् । कार्यक्रममाथि टिप्पणी गर्दै प्रमुख बिपक्षिदल नेपाली कांग्रेसका मुख्य सचेतक सुरेन्द्र हमालले निती तथा कार्यक्रम कार्यान्वयन गर्न १५ वर्ष लाग्ने बताउनुभयो ।
संघियसमाजबादी फोमका सभासद बिजय यादवले सांसदहरुलाई सम्बोधन नै नगरि बनाईएको निति तथा कार्यक्रम हावादारी भएको आरोप लगाउनुभयो ।
कांग्रेस पार्टिकै अर्का सांसद पुष्पा चौधरीले निती तथा कार्यक्रम अधुरो र अपुरो रहेको भन्दै सरकारी कार्यक्रमले प्रदेशलाई समृद्ध बनाउन नसक्ने ठोकुवा गर्नुभयो ।
निति तथा कार्यक्रम प्रस्तुत गर्न संसद भवन बुटवल पुग्नुभएका प्रदेश प्रमुख झालाई प्रदेश सरकारका मुख्य मन्त्री शंकर पोखरेल, उपसभामुख किस्नी चौधरी, मन्त्रीहरु तथा प्रदेश सभा सचिव मानबहादुर बिकले स्वागत गर्नुभएको थियो । सभामुख पुर्णबहादुर घर्तिले सभाको बैठक भोली १ बजे सम्म्का लागि स्थगित गर्नुभएको छ ।

पूर्ण पाठ

५ नम्बर प्रदेश सरकारको निती तथा कार्यक्रम

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

कांग्रेस सभापति गगन थापाले महाधिवेशन कार्यतालिका सार्वजनिक गरे

नेताको घरमा जलेको पैसाको अनुसन्धान हुनुपर्छ : गगन थापा

सम्बन्धित

हिमालपारि कांग्रेसको राहत: मुस्ताङबाट योगेश गौचन थकालीको सानदार जित

स्याङ्जाको एक मतदान केन्द्रमा मतदान रोकियो: मतपत्रमा हस्ताक्षर नभएको विवाद

‘देश जोगाउने कि ध्वस्त पार्ने?’ : प्रचण्ड

‘देउवा–ओलीसँग भेट्दैमा तरंगित नहुनुहोस्’ : प्रचण्ड, ‘यसपटक कांग्रेस–एमालेसँग सहकार्य हुँदैन’

बागलुङमा २ क्षेत्रको चुनावी मैदान: कसको अवस्था कस्तो छ त ?

अबकी बार, सय पार ! गगनको नारा, शेखरको भावनात्मक अपिल : घर-घर पुग’

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com