हुम्ला, २५ जेठ । जिल्ला प्रहरी कार्यालय हुम्लाको हिरासतबाट २ जना कैदी भागेका छन् ।
कारागारको भवन नभएका कारण हिरातमा कैद भुक्तानमा रहेका उनीहरू प्रहरीलाई छलेर भागेका हुन् ।
ज्यान मुद्दा अन्तर्गत पुर्पक्षका लागि थुनामा रहेका लोकेन्द्र बुढा र सार्वजनिक मुद्दाअन्तर्गत थुनामा रहेका लेखे नेपाली फरार भएको प्रहरीले जनाएको छ ।
बिहान ३ देखि ५ बजेको समयमा हिरातबाट दुवैजना भागेका अनुमान प्रहरीले गरेको छ । प्रहरीले साढे ५ बजेतिर मात्र कैदी भागेको थाहा पाएको थियो । फरार भएका उनीहरूको खोजतलास भइरहेको छ ।
लोकेन्द्र बुढालाई सिमकोट गाउँपालिका वडा नं. ८ याङ्गुबाट प्रक्राउ गरिएको छ । लेखे नेपालीको खोजीका लागि प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय, हुम्लाका प्रवत्ता प्रहरी निरीक्षक बिष्णुबहादुर सिंहले जानकारी दिए ।




















प्रतिक्रिया दिनुहोस्