ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

केन्या विमान दुर्घटनामा १० जनाको मृत्यु


एबीसी न्यूज

नैरोबी, २५ जेठ ।  केन्याको मध्य क्षेत्रमा हराएको एउटा सानो विमान दुर्घटना भएको र यसमा रहेका सवै जनाको मृत्यु भएको बिहीबार पुष्टी गरिएको छ ।
विमान हराएको दुई दिनपछि विमान संचालक संस्था र सरकारी अधिकारीहरूले बिहीबार उनीहरुको मृत्यु भएको पुष्टि गरेका हुन् ।
“दुर्भाग्यवस हामीलाई उनीहरू कोही पनि जीवित नरहेको विवरण आएको छ, दिवंगत भएका यात्रुहरूको परिवारजनप्रति हामी अत्यन्त गहिरो समवेदना व्यक्त गर्दछौं,” यातायात मन्त्रालयका प्रमुख सचिव पौल मारिङगाले भन्नुभयो ।

हराइरहेकाहरूको खोजी गर्न तथा घटनाका बारेमा अनुसन्धान गर्न एउटा टोली घटनास्थल तर्फ गएको थियो ।
दुर्घटनामा परेको व्यक्तिहरूका आफन्त भेला भएको वेस्टन होटलमा फ्लाई साक्सका अध्यक्ष कार्लेस वाकोले पत्रकारहरूलाई भन्नुभयो, “दुर्घटनामा परेको कोही पनि जीवित हुनुहन्न भन्ने खबरबाट हामी अत्यन्त विक्षिप्त भएका छौं ।”

दुर्घटनामा परेको विमान इष्ट अफ्रिकन सफारी एयर एक्सप्रेसको हो । जुन विमान गत मङ्गलबार मध्यान्ह पश्चिमी सहर कितालेबाट उडेको थियो ।

विमान उडेको झण्डै ८० मिनेटपछि सम्पर्क विहीन भएको संचालक कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।
दुर्घटनामा मृत्यु भएका यात्रुको आफन्तजनप्रति राष्ट्रपति उहुरु केन्याटाले पनि समवेदना व्यक्त गर्नुभएको छ । उहाँले दुर्घटनामा मृत्यु भएका यात्रुका आफन्तजनलाई आगामी दिनमा प्रशासनले सक्दो सहयोग गर्ने आश्वासन पनि दिनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

अमेरिकाको विरोधका बीच जी–ट्वान्टी शिखर सम्मेलन सम्पन्न

मोदी–नीतिश गठबन्धनलाई २०२ सिट, विपक्षी ३५ मै सीमित

फिलिपिन्समा आँधी ‘कलमेगी’ को प्रभाव : दशौँ हजार नागरिकलाई सुरक्षित ठाउँमा सारियो

थाइल्यान्डकी पूर्वमहारानी सिरिकितको ९३ वर्षको उमेरमा निधन

भारतको राजस्थानमा गुडिरहको बसमा आगलागी हुँदा २० जनाको मृत्यु

बन्धक रिहाइका लागि इजरायल जाँदै ट्रम्प, भने– गाजामा युद्ध समाप्त भयो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com