सिन्धुपाल्चोक २३ जेठ । सुनौती खिम्तीका ठेकेदार धर्मराज भण्डारी ‘भिमसेन’लाई प्रहरीले पक्राउ गरेको छ ।
लामोसाँघु जिरी सडक खण्डमा निर्माणकार्य ढिलाइ गरेको भन्दै प्रहरीले भण्डारीलार्इ पक्राउ गरेको हो ।
सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी आसमान तामाङले दिएको जानकारी अनुसार उक्त सडक खण्डमा चैतमा नै गरिसक्नुपर्ने कालोपत्रे जेठको अन्त्यसम्म पनि काम नभएपछि उनलाई पक्राउ गरिएको हो ।
गृहमन्त्रायले ठेक्का लिएर समयमा निर्माण कार्य नगर्ने ठेकेदारलाई कारबाही शुरु गरेको छ । ‘पटक पटक म्याद थपिँदा पनि काम गर्नु भएन’ प्रजिअ तामाङले भने ‘ काम नगर्ने ठेकेदारलार्इ पक्राउ गरेका हौं ।’
सिमान्चल, गौरी पार्वती, सुनौती खिम्ती कन्स्ट्रक्सनले उक्त ठेक्का लिएका हुन् । सिमान्चल भारतीय कम्पनी हो भने गौरी पार्वती र खिम्ति नेपाली हो । भारतको सरकारको अनुदानमा ६५ करोडको ठेक्का ३९ करोडमा लिइएको बताइएको छ ।
भण्डारी गएको संविधानसभा निर्वाचन २०७० मा पशुपतिशम्शेर राणा नेतृत्वको राप्रपाबाट तत्कालिन क्षेत्र नम्बर १ मा उम्मेदवार भएका थिए । राप्रपा परित्याग गरि भण्डारी प्रतिनिधिसभाको चुनावको केही समय अगाडि तत्कालिन नेकपा एमाले प्रवेश गरेका हुन ।




















प्रतिक्रिया दिनुहोस्