महोत्तरी,२२ जेठ । नेपाल टेलिभिजनका महोत्तरी सम्वाददाता राजीव राय कुर्मी प्रहरीबाट कुटिएका छन् ।
नेपाल टेलिभिजनका महोत्तरी सम्वाददाता कुर्मीमाथि प्रहरी हवल्दार राजेन्द्रबहादुर बस्नेतले तस्करसँग पैसा लिँदै गरेको तस्वीर खिचेको भन्दै कुटपिट गरेका हुन ।
पत्रकार कुर्मीले महोत्तरीको सीमा नाका रहेको सम्सी गाउँपालिकास्थित बजार क्षेत्रमा बर्दीमै रहेका प्रहरी जवान राकेश रायले पैसा लिइरहेको फोटो आफूले खिचेलगत्तै प्रहरी हवल्दार बस्नेतले आएर फोटो डिलिट गर्न धम्की दिँदै हातपात गरेको गुनासो गरे ।
घटनावारे जानकारी पाएका प्रमुख जिल्ला अधिकारी बाबुराम श्रेष्ठले घटनाबारे बुझेर दोषी भेटिए कारबाही गर्ने प्रतिबद्धता जनाए ।



















प्रतिक्रिया दिनुहोस्