ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

डोनाल्ड ट्रम्प र किम जोङ उनबीच सिंगापुरमा १२ जुनमै भेटवार्ता हुने


एबीसी न्यूज
जेष्ठ १९, २०७५ शनिबार  १० : ०२ बजे


काठमाडौं, १९ जेठ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीच १२ जुनमै भेटवार्ता हुने तय भएको छ । ह्वाइट हाउसमा शुक्रबार ट्रम्प र किम जोङ उननिकट जनरल किम योङ चोलबीच भेटवार्ता भएपछि सिंगापुरमा १२ जुनमै भेटवार्ता गर्ने तय भएको हो ।

यसअघि १२ जुनमा सिंगापुरमा तय भएको ट्रम्प र किमबीचको भेटवार्ता अमेरिकाले एकतर्फीरुपमा रद्द गरेको थियो । उत्तर कोरिया भड्काउमा लागेको आरोप लगाउँदै ट्रम्पले भेट्न नसकिने पत्र पठाएका थिए । त्यसलगत्तै दुवै देशका कुटनीतिज्ञहरुबीच वार्ताको वातावरण बनाउने प्रयास सुरु भएको थियो । सोही प्रयासअनुसार उत्तर कोरियाली नेता किमले आफू निकटका चोललाई अमेरिका पठाएका थिए ।

उत्तर कोरियाका वरिष्ठ अधिकारी चोल बिहीबार बेइजिङ हुँदै न्यूयोर्क पुगेका थिए । त्यहाँ उनले सुरुमा अमेरिकी विदेशमन्त्री माइक पोम्पियोसँग भेटवार्ता गरेका थिए ।

त्यसपछि शुक्रबार चोलले ट्रम्पलाई भेटेका थिए । उनले किम जोङ उनले पठाएको पत्र ट्रम्पलाई दिएका थिए । त्यसपछि ट्रम्पले १२ जुनमै भेटवार्ता हुने जानकारी दिएका छन् ।

पत्रकारहरुलाई ट्रम्पले भनेका छन्, ‘सिंगापुरमा १२ जुनमा हुने भेटवार्तामा कोरियाली प्रायद्वीपमा युद्धलाई औपचारिक रुपमा समाप्त गर्ने विषयमा छलफल हुने छ ।’

यदि किम जोङ्ग उन र डोनाल्ड ट्रम्पबीच भेटवार्ता भयो भने अमेरिकी राष्ट्रपति र उत्तर कोरियाली शीर्ष नेताबीच इतिहासकै पहिलो भेटवार्ता हुनेछ ।

दक्षिण र उत्तर कोरियाबीच सन् १९५० देखि १९५३ सम्म युद्ध भएको थियो । तर, युद्ध समाप्ति सम्बन्धी कुनै सम्झौता भएको छैन । हालै दक्षिण कोरिया भ्रमण गरेर उत्तर कोरियाली नेता किम जोङ उनले कोरियाली प्रायद्वीप शान्ति स्थापना गर्ने सहमति गरेका थिए । त्यसलगत्तै उत्तर कोरियाले आफ्नो एक आणविक परीक्षण केन्द्र नष्ट गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

रास्वपाको ‘वाचापत्र’ : सहकारी पीडितलाई ‘१०० दिनभित्र पैसा फिर्ता, सञ्चालकलाई थुनेर होइन सुनेर’ समाधान

यो चुनाव २३ गतेका नरसंहारकारी, २४ का विध्वंसकारी र देश सम्हाल्नेबीचको जनमतसंग्रहः प्रचण्ड (भिडियो वार्ता)

सम्बन्धित

बेलायती राजाका भाइ एन्ड्रू पक्राउ

तारिक रहमान बने बंगलादेशका ११औं प्रधानमन्त्री, राष्ट्रपतिबाट लिए सपथ

बंगलादेशमा तरिक रहमान बने नयाँ प्रधानमन्त्री

राजस्थानको एउटा केमिकल कारखानामा आगलागी, ७ जनाको मृत्यु

ओपनएआईले फेसबुकले गरेका गल्तीहरू दोहोर्‍याउँदैछ

बंगलादेशका भावी प्रधानमन्त्री रहमानको शपथमा नेपाल र भारतसहित १३ देशलाई बोलाइयो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com