ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility

  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भारतमा आँधी र चट्याङ्का कारण मृत्यु हुनेको सङ्ख्या ४७ पुग्यो


एबीसी न्यूज
जेष्ठ १६, २०७५ बुधबार   ८ : ०३   बजे

 

नयाँ दिल्ली, १५ जेठ।  भारतमा गएको २४ घण्टायता परेको चट्याङ्मा परी कम्तिमा ४७ जनाको मृत्यु भएको यहाँका प्रकोप व्यवस्थापन अधिकारीहरुले मङ्गलबार जानकारी दिएका छन् ।

विगत २४ घण्टायता चट्याङ्सँगै भारी वर्षा भएपछि ठूलो सङ्ख्यामा मानवीय क्षति भएको छ भने बाढीका कारण कैयौँ खेतीयोग्य जमिन र नदी किनारामा रहेका वस्तीहरू प्रभावित बनेका छन् ।

पूर्वी भारतीय राज्य बिहारमा वर्षा र मेघगर्जनसहित चट्याङ पर्दा कम्तिमा १९ जनाको मृत्यु भएको झारखण्डका विपद् ब्यवस्थापन अधिकारी यागिन्दर सिंहले जानकारी दिनुभयो । मृतकमध्ये ११ जनाको चट्याङ लागेर मृत्यु भएको जनाइएको छ ।

त्यसैगरी भारतको घना जनसङ्ख्या रहेको उत्तर प्रदेशमा ७० किलोमिटर प्रतिघण्टाको रफ्तारले आएको हुरी र वर्षाका कारण १५ जनाको मृत्यु भएको उत्तर प्रदेशका विपद् व्यवस्थापन विभागका अधिकारी टि पी गुप्ताले बताउनुभयो । उक्त प्राकृतिक विपद्का कारण कम्तिमा १० जना घाइते भएका बताइएको छ ।

भारतकै अर्को प्रदेश झारखण्डमा १३ पनि विपद्का कारण केही व्यक्तिको ज्यान गुमेको खबर भारतीय सञ्चारमाध्यमले दिएका छन् ।

भारतीय ग्रामिण भेकका नागरिकहरू वर्षा ऋतुमा हुने गर्मीबाट राहत पाउनका लागि घरघरको पिंडी र आँगनमासमेत रात बिताउने गर्छन् ।

माझीहरुलाई यस इलाकाको सामुद्रीक क्षेत्रमा नजानसमेत सरकारी निकायले सूचना जारी गरेका पनि समाचारमा बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

सरकारले कुन–कुन क्षेत्रमा कति–कति ल्यायो बजेट ?

रास्वपाको ‘नागरिक करार’ र बालेन सरकारको बजेट : नीतिगत तालमेल तर कार्यान्वयनमा आशंका

सम्बन्धित

दक्षिणी लेबननमा भीषण हमला गर्दै इजरायल

इरान र सदाबहार युद्धको पासो: दलदलबाट बच्ने प्रयासमा अमेरिका एक मृत मोडमा

जेफ बेजोसको अर्बौं डलर: चोरी कि सिर्जना?

कङ्गोमा इबोलाको प्रकोपः सुरक्षित अन्त्येष्टि र जनविश्वासको चुनौती

हिजबुल्लाहलाई ‘धराशायी’ बनाउन लेबनानमा आक्रमण तिब्र पार्ने इजरायली प्रधानमन्त्रीको घोषणा

चन्द्रमामा स्थायी मानव उपस्थितिका लागि नासाद्वारा ‘मून बेस’ योजना सार्वजनिक

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group