ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

दश महिनामा एकानब्बे करोड आम्दानी


एबीसी न्यूज
जेष्ठ १०, २०७५ बिहीबार  १२ : १० बजे

 

भक्तपुर, १० जेठ ।  भक्तपुर नगरपालिकाले चालू आर्थिक वर्ष २०७४/७५ को १० महिनाको अवधिमा  ९१ करोड १५ लाख १९ हजार आम्दानी गरेको छ ।

यस अवधिमा नगरपालिकाले  ७८ करोड १२ लाख दुई हजार खर्च गरेको नगर प्रमुख सुनिल प्रजापतिले जानकारी दिनुभयो ।

गत २०७४ साल असार अन्तिममा प्रथम नगरसभाले चालू आवका लागि कूल रु एक अर्ब ५ करोड ५५ लाख बजेट पारित गरेको थियो । नगरपालिकाले ‘देकोमिवा इटापाके आवास योजना’को लागि पुनःनिर्माण प्राधिकरणसँग रु १० करोड ऋण लिएर त्यसलाई पनि आम्दामीमै राखेको छ ।

नगरपालिकाले सञ्चालन गरेको ख्वप कलेज, ख्वप इन्जिनियरिङ कलेज, ख्वप कलेज अफ इन्जिनियरिङ, ख्वप बहुप्राविधिक अध्ययन संस्थान, शारदा कलेज र जनस्वास्थ्य सेवा केन्द्रका लागि रु ४१ करोड खर्च गर्ने भएको छ ।

ख्वप बहुप्राविधिक अध्ययन संस्थानका लागि चालू आवमा रु छ करोड ४८ लाख ७८ हजार खर्च गर्ने लक्ष्य लिएकामा गत चैत मसान्तसम्म तीन करोड ९३ लाख खर्च गरेको नगर प्रमुख प्रजापतिले बताउनुभयो । नगरपालिकाले चालू आवभित्र सरसफाइका लागि रु छ करोड ५० लाख खर्च गर्ने लक्ष्य राखेको छ ।

विकास निर्माणतर्फ रु ३१ करोडको बजेट विनियोजन गरेकामा प्रत्येक वडा कार्यालयलाई रु ५० लाखका दरले बजेट वितरण गरेको नगर प्रमुख प्रजापतिले बताउनुभयो । विकासका साना काम वडा कार्यालय आफैँलाई गर्न बजेटसहितको अधिकार दिइएको छ ।

गत आवमा आन्तरिक आयतर्फ रु २१ करोड ५० लाख ५४ हजार संकलन गरेको नगरपालिकाले चालू आवमा २६ प्रतिशतले वृद्धि गरी रु २७ करोड नौ लाख १५ हजार आम्दानी गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सांसदको अभिव्यक्तिलाई लिएर बारले सभामुखको ध्यानाकर्षण गरायो

चीनमा ट्रम्पको ‘हाइ-स्टेक’ वार्ता: बेइजिङ अवतरण गर्दा विश्वकै नजर, एनभिडियाका जेन्सन हुवाङ पनि सहभागी

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

सांसदको अभिव्यक्तिलाई लिएर बारले सभामुखको ध्यानाकर्षण गरायो

काठमाडौं उपत्यकामा भूकम्पको धक्का महसुस

रातो कार्पेट, ३०० बालबालिका : बेइजिङमा ट्रम्पको भव्य स्वागत

सुकुम्वासीमाथि दमन भएको भन्दै माइतीघरमा प्रदर्शन, सरकारविरुद्ध चर्कियो विरोध

थपियो विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालय

चीनमाथि अमेरिकाले आफ्नो पकड गुमाएको छ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com