ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भरतपुर अस्पताललाई प्रादेशिक मेडिकल कलेज बनाइने


admin

चितवन, ९ जेठ । जिल्लाको सदरमुकाम भरतपुरमा रहेको भरतपुर अस्पताललाई प्रादेशिक मेडिकल कलेज बनाइने भएको छ ।

अस्पताललाई प्रादेशिक मेडिकल कलेज बनाउने योजनालाई प्रदेश नं ३ ले आउँदो वर्षका लागि प्रस्तुत गर्ने नीति तथा कार्यक्रममा समेट्ने भएको छ ।

प्रदेश नं ३ का सामाजिक विकासमन्त्री युवराज दुलालले यस प्रदेशमा उत्कृष्ट अस्पतालकारुपमा भरतपुर अस्पताल देखिएकाले यसलाई प्रादेशिक मेडिकल कलेजकारुपमा विकास गर्न लागिएको बताउनुभयो ।

उहाँका अनुसार यो अस्पतालको भौतिक संरचना, बिरामीको चाप, देशको मध्यभागमा अवस्थिति, यातायातको सहजता र गुरुयोजनाअनुरुप काम भइरहेकाले मेडिकल कलेज बनाउन उपयुक्त छ । उहाँले भन्नुभयो, “प्रदेश सरकारको नीति तथा कार्यक्रममा यस अस्पताललाई मेडिकल कलेज र हेटौँडा अस्पताललाई प्रदेशस्तरको सुविधा सम्पन्न अस्पतालका रुपमा विकास गर्ने योजना ल्याउँछौँ ।”

अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा रुद्र मरासिनीले हाल ६०० श्यया सञ्चालनमा रहेको, विशिष्ट सेवा सञ्चालन भएको, विशेषज्ञ चिकित्सक र प्राध्यापक रहेको, बिरामीको चाप बढ्दो रहेको, आवश्यक जमिन र भौतिक संरचना भएकाले मेडिकल कलेज बनाउन उपयुक्त भएको बताउनुभयो ।

अस्पताल विकास समितिले यसअघि नै मेडिकल कलेज बनाउने निर्णय गरी प्रदेश सरकारलाई पेश गरिसकेको छ । प्रदेश सरकारका सामाजिक विकास मन्त्रीको उपस्थितिमा यस क्षेत्रका प्रदेश सांसद, दलका प्रतिनिधिलगायतको उपस्थितिमा भरतपुरमा गरिएको छलफलमा पनि यस अस्पताललाई प्रादेशिकस्तरको मेडिकल कलेज बनाउने सहमति बनेको थियो ।

अस्पताल विकास समितिका निवर्तमान अध्यक्ष राजकुमार राजभण्डारीले गएको दुई वर्षमा तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल र स्वास्थ्यमन्त्री गगनकुमार थापाको पहलमा रु २५ करोड भन्दा बढी निकासा भई विशिष्ट सेवा र अस्पताल विस्तारका काम भएको बताउनुभयो ।

उहाँले जोर्नी प्रत्यारोपण, न्यूरो सर्जरी, स्पाइनल इन्जुरी, डायलासिस, अक्सिजन प्लान्ट, सिटी स्क्यानजस्ता सेवा विस्तार र पूर्वाधार थपिँदै जाँदा अस्पताललाई मेडिकल कलेजका रुपमा विकास गर्ने अवस्थामा पुगेको बताउनुभयो ।

अस्पताल विकास समितिका पूर्वअध्यक्षसमेत रहनुभएका प्रदेश सांसद विजय सुवेदीले यस अस्पताललाई प्रदेश ३ को सरकारी मेडिकल कलेज र एक हजार श्ययाको अति विशिष्ट सेवा दिने रिफरल अस्पतालका रूपमा विस्तार गर्नुपर्ने बताउनुभयो ।

विसं २०१३ मा एउटा छाप्रोबाट शुरु भएको भरतपुर अस्पताल अहिले विशाल भवनमा सञ्चालित छ । पन्ध्र श्ययाबाट सेवा शुरु गरेको अस्पतालमा अहिले ६०० श्यया छन् । हाल अस्पतालमा १४ वटा विभागमार्फत सेवा दिइँदै आइएको छ । दैनिक एक हजार ५०० सम्म बिरामीले यहाँ उपचार सेवा लिन्छन् । नेपालमा काठमाडौँको प्रसूति गृहपछि सबैभन्दा बढी प्रसूति सेवा दिने भरतपुर अस्पताल हो । यसले वर्षको १५ हजारभन्दा बढी महिलालाई यो सेवा दिँदै आएको छ । चितवन, मकवानपुर, नवलपरासी, धादिङ, गोरखा, लम्जुङ, तनहुँलगायतका जिल्लाबाट उपचारका लागि यहाँ बिरामी आउने गर्दछन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

कालाबाङ घरेडीमा फोनिजको अन्तरक्रिया

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com