ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

शहीदप्रति श्रद्धाञ्जलि गर्ने कुरामा पनि विभेद- राजपा सांसद झा


admin

काठमाडौँ, ९ जेठ। प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका डा मीनेन्द्रप्रसाद रिजालले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दा सभामुख र राष्ट्रियसभाको अध्यक्षलाई सम्माननीय भन्नुपर्नेमा त्यसो हुन नसकेको भन्दै गुनासो व्यक्त गर्नुभएको छ ।

प्रतिनिधिसभाको आजको बैठकमा आर्थिक वर्ष २०७५÷७६ को नीति तथा कार्यक्रममाथि संशोधनको प्रस्ताव प्रस्तुत गर्दै उहाँले ठूलो आन्दोलन र बलिदानबाट प्राप्त उपलब्धिको रक्षा र सम्मान गर्ने कार्यमा आगामी दिनमा कहीँ कतैबाट कमजोरी नहोस् भन्नुभयो ।

डा रिजालसहित नेपाली काँग्रेसका १७ सांसदले संशोधनको सूचना दर्ता गराउनुभएको छ । कृषिलाई व्यवसायीकरण गर्ने, प्राङ्गारिक खेतीलाई अभियानका रुपमा अघि बढाउने तथा सिँचाइका कार्यक्रम विस्तार गर्ने भनिए पनि यसको कार्यान्वयनको स्पष्ट खाका नरहेको टिप्पणी उहाँले गर्नुभयो ।

नेता मदन भण्डारीका नाममा हुलाकी राजमार्गलाई प्रतिष्पर्धी गर्ने ढंगबाट राजमार्ग निर्माण गर्दा तराई क्षेत्रबाट आउन सक्ने आवाजलाई ध्यान दिन आवश्यक रहेको बताउँदै डा रिजालले नीति तथा कार्यक्रमले जनतालाई निराशा दिएको र मतदाताको अपमान भएको आरोप लगाउनुभयो । सपना देखाएर नभई धरातललाई टेकेर बजेट ल्याउन उहाँले सुझाव दिनुभयो ।

संघीय समाजवादी फोरम नेपालका प्रदीप यादवले ‘राज्यको ढुकुटी रित्तो रहेको अवस्थामा पाँच वर्षभित्र सबै काम पूरा गरिदिन्छु भन्ने ढंगबाट ल्याइएको नीति तथा कार्यक्रम’ कार्यान्वयन हुनेमा प्रशस्तै आशंका गर्ने ठाउँ रहेको बताउनुभयो । उहाँले नीति तथा कार्यक्रममा संविधान सशोधन नपर्नु दुःखको विषय हो भन्दै तत्काल संविधान संशोधन गर्ने प्रतिबद्धता आउन आवश्यक रहेको बताउनुभयो ।

सोही पार्टीका रामसहायप्रसाद यादवले नीति तथा कार्यक्रमले मुलुकमा राजनीतिक परिवर्तन र लोकतान्त्रिक आन्दोलनका शहीदलाई अपमान गरेको भन्दै त्यसलाई सच्याउन सुझाव दिनुभयो । उहाँले गणतन्त्र र संघीयताका लागि जीवन आहुति गर्ने शहीदको सम्मान गर्नेलगायत विषयमा पाँचबुँदे संशोधन प्रस्तुत गर्नुभयो ।

फोरमकै सुरेन्द्रकुमार यादवले सुनकोशी कमला डाइभर्सन, सार्वजनिक विद्यालयको भौतिक पूर्वाधार र दरबन्दी कायम गरी शिक्षकको व्यवस्थापन, प्रत्येक स्थानीय तहमा आधारभूत स्वास्थ्य केन्द्र स्थापना र सञ्चालन रहेको केन्द्रलाई कम्तीमा १५ श्ययाको अस्पताल बनाउने भन्ने विषय थप्न सुझाव दिनुभयो ।

सोही दलका रेणुका गुरुङले नीति तथा कार्यक्रममा महिलाविरुद्धको हरेक प्रकारका हिंसा निर्मूल गर्न महिलासँग सम्बन्धित सबै विभेदकारी कानूनी व्यवस्थाको अन्त्य गरिनेछ भन्ने विषय थप्न माग गर्नुभयो ।

राष्ट्रिय जनता पार्टी नेपालका अनिलकुमार झाले शहीदप्रति श्रद्धाञ्जलि गर्ने कुरामा पनि विभेद गरिएको छ भन्दै सबै आन्दोलनमा शहादत गर्नेलाई एकै किसिमको सम्मान गर्नुपर्ने र घाइतेको उपचारको विषय पनि नीतिमा आउनुपर्ने तथा शहीद परिवार र घाइते भई अशक्त भएकाको जीविकोपार्जनको व्यवस्था गर्ने जिम्मा राज्यले लिनुपर्ने विषय थप्न माग गर्नुभयो । उहाँले मधेशी र अल्पसंख्यक समुदायका माग सम्बोधन गर्न संविधान संशोधन नभए शान्ति र स्थिरता कायम हुन नसक्ने जिकिर गर्नुभयो ।

सरकारको नीति तथा कार्यक्रममा विभिन्न राजनीतिक दलका २३ सांसदले १६ भन्दा बढी बँुदामा संशोधन राख्नुभएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको नीति तथा कार्यक्रम यही जेठ ७ गते संघीय संसद्मा प्रस्तुत गरी सम्बोधन गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

कालाबाङ घरेडीमा फोनिजको अन्तरक्रिया

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com