ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नेपाल सरकारले माग्यो फेसवुकसंग १ सय १० वटा एकाउन्टसम्बन्धी विवरण


एबीसी न्यूज
जेष्ठ ९, २०७५ बुधबार  ९ : ४१ बजे
काठमाडौं ९ जेठ ।  नेपाल सरकारका निकायले सन् २०१७ मा फेसबुकसँग १ सय १० वटा एकाउन्टसम्बन्धी विवरण माग गरेको फेसबुकले सार्वजनिक गरेको छ । फेसबुकले यसैसाता सार्वजनिक गरेको आफ्नो ट्रान्सपरेन्सी रिपोर्टमा नेपाल सरकारबाट पटक पटक गरी एक सय १० फेसबुक एकाउन्टको विवरण माग भएको जनाएको छ ।  तीमध्ये केहीको मात्रै विवरण उपलब्ध गराइएको फेसबुकको रिपोर्टमा उल्लेख गरिएको छ । सन् २०१७को जनवरीदेखि जुनसम्ममा नेपाल सरकारका विभिन्न निकायबाट ४३ पटकमा ६७ वटा एकाउन्टसम्बन्धी विवरण माग भएको थियो । तीमध्ये ४१ वटा एकान्टको विवरण कानुनी प्रक्रियाको क्रममा माग गरिएको थियो । २ वटा एकाउन्ट विवरण भने आपत्कालिन परिस्थितिमा माग भएको रिपोर्टमा उल्लेख छ ।

यस्तै, जुलाईदेखि डिसेम्बरसम्म ६ महिने अवधिमा ६७ प्रयोगकर्ताको विवरण माग गरिएको फेसबुकले आफ्नो रिपोर्टमा उल्लेख गरेको छ । नेपाल सरकारका निकायले ४३ कानुनी प्रक्रियामा रहेका ६३ एकाउन्टको विवरण माग गरेको थियो । सो अवधिमा ४ वटा एकाउन्टको विवरण आपत्कालिन भन्दै मागिएको फेसबुकले जनाएको छ ।

फेसबुकले आफ्नो वार्षिक ट्रान्सपरेन्सी रिपोर्टमा संसारका विभिन्न देशका सरकारी निकायले माग गरेको विवरणसम्बन्धी तथ्यांकसमेत सार्वजनिक गर्दै आएको छ । कम्पनीले सन् २०१३ देखि वार्षिकरुपमा यस्तो रिपोर्ट सार्वजनिक गर्दै आएको छ ।

सबैभन्दा धेरै विवरण अमेरिका, भारत, जर्मनी, फ्रान्सजस्ता देशले माग्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

कैलालीमा गोली हानेर श्रीमतीको हत्या, युवकले आफैंमाथि पनि चलाए बन्दुक

आज समानुपातिक सांसदलाई प्रमाणपत्र, राष्ट्रपतिलाई निर्वाचन परिणाम प्रतिवेदन पनि बुझाइँदै

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

कैलालीमा गोली हानेर श्रीमतीको हत्या, युवकले आफैंमाथि पनि चलाए बन्दुक

इरानको आक्रमणबाट कतारको औद्योगिक क्षेत्रमा ‘ठूलो क्षति’

RSP’s 182 MPs: From Experts to Marginalized Voices, Old Politics to New Generation

आज समानुपातिक सांसदलाई प्रमाणपत्र, राष्ट्रपतिलाई निर्वाचन परिणाम प्रतिवेदन पनि बुझाइँदै

रोल्पामा कक्षा ९ का विद्यार्थीले बनाए बन्दुक

निर्वाचनमा अप्रत्याशित पराजय व्यहोरेपछि कांग्रेस सभापति थापाले दिए राजीनामा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com