ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

विद्यालय निर्माणमा जापानी नागरिकको करौडौको सहयोग, जन्मदिनमा तीन विधार्थीलाई गाई उपहार


admin

झापा, ७ जेठ ।  झापा भद्रपुरका डा राजीव खनाल २०४९ साल तत्कालीन युगोस्लाभिया जानुभयो । उहाँ जापान टिम अफ यङ ह्युमन पावरमा आबद्ध भएर कामको सिलसिलामा युगोस्लाभिया पुग्नुभएको थियो ।

जतिबेला युगोस्लाभियामा युद्ध चलिरहेको थियो, त्यतिबेला उहाँ घाइतेको उद्धार र उपचारका लागि खटिनुभएको थियो । ते-ह वर्ष युगोस्लाभिया रहँदा उहाँले शरणार्थीको क्षेत्रमा पनि काम गर्न भ्याउनुभयो । जापान टिम अफ यङ ह्युमन पावरले कम्बोडियामा ३५० विद्यालयमा भवन निर्माण गरेको देखेपछि उहाँले सो संस्थालाई नेपालमा पनि शिक्षा क्षेत्रमा सहयोग पु¥याउन आग्रह गर्नुभयो । फलस्वरुप सो संस्थामा आबद्ध जापानी नागरिकले अहिले झापाका एक दर्जनभन्दा बढी विद्यालयलाई करोडौँ रुपैयाँका भवन निर्माण गरिदिएका छन् ।

डा राजीव अहिले सो संस्थामा नेपालका लागि ‘कोअर्डिनेटर’का रुपमा अहिले पनि आबद्ध हुनुहुन्छ । भद्रपुरमा रहेको घनश्याम स्मृति प्रतिष्ठानमा समेत आबद्ध उहाँ भद्रपुरका शिक्षासेवी घनश्याम खनालका छोरो हुनुहुन्छ । बुबाको निधनपछि स्थापित सो प्रतिष्ठानले सो जापानी संस्थासँग सहकार्य गर्दै झापाका विभिन्न विद्यालयमा भवन निर्माण गर्दै आएको छ ।

प्रतिष्ठानका सदस्य डा खनालले सो संस्थासँग सहकार्य गरेपछि सन् २०११ देखि झापाका विभिन्न विद्यालयमा वर्षेनी भवन निर्माण कार्य हुँदै आएको छ । सन् २०११ मा सो संस्थाका अध्यक्ष मादाम ओसनामले झापाको भ्रमण गरेपछि पहिलो वर्ष तत्कालीन शान्तिनगर गाविसमा रहेको राष्ट्रिय विजय माविमा भवन निर्माण गरिएको थियो ।

त्यस्तै, भानु माविमा पनि सोही वर्ष विद्यालय भवन निर्माण थालिएको बताउनुहुन्छ, धनश्याम स्मृति प्रतिष्ठानका सदस्य डा खनाल । उहाँ भन्नुहुन्छ, “मैले लामो समयसम्म जापान टिम अफ यङ ह्युमन पावरमा आबद्ध भएर काम गरेँ । त्यो बेला कम्बोडियामा विद्यालय भवन निर्माण गरेको देखेको थिएँ । उनीहरुलाई मेरो देशमा पनि शिक्षा क्षेत्रको विकासका लागि केही सहयोग गर्नुहोस् भनेको थिएँ । फलस्वरुप आज उहाँहरु नेपालमा आएर यसरी शिक्षा क्षेत्रको श्रीवृद्धिमा उल्लेख्य योगदान पु¥याउँदै हुनुहुन्छ ।”

अहिले सो संस्थामार्फत निर्मित झापाका विद्यालय भवन उनीहरुकै नाममा छन् । जापानी नागरिकले बनाइदिएका सबै भवनमा ‘ड्रिम’ लेखिएको छ । अहिले झापाका नौ विद्यालयमा पक्की भवन निर्माण गरिएको छ भने तीन वटा विद्यालयमा ट्रष्ट बनाइएको छ ।

कुन–कुन विद्यालयमा कति लगानी 

तोशिरो हिरोता र हात्सुए हिरोता जापानी नागरिक हुन् । जापानको टोकियो निवासी तोशिरो हाल व्यवसायमा आबद्ध हुनुहुन्छ । उहाँ यसअघि जापानमा शिक्षा अधिकारी हुनुहुन्थ्यो । सरकारी सेवाबाट अवकाश भएपछि उहाँ व्यवसायमा आबद्ध हुनुभयो । उहाँकी श्रीमती हात्सुए गृहिणी हुनुहुन्छ । लामो समयसम्म शिक्षा अधिकारी रहँदा तोशिरोले त्यहाँको शैक्षिक क्षेत्रमा उल्लेख्य काम गर्नुभएको बताइएको छ ।

नेपाल भ्रमणका क्रममा उहाँले नेपालको शैक्षिक प्रणाली, विद्यालय र विद्यार्थीको अवस्था बुझेपछि शिक्षा क्षेत्रमा सहयोग गर्ने सोच बनाउनुभयो र उहाँले झापाका तीन विद्यालयमा लगानी गर्नुभयो । आफू जापानी नागरिक भएर पनि उहाँले नेपालको शैक्षिक क्षेत्रमा अतुलनीय योगदान पु¥याउनुभएको जिल्ला शिक्षा अधिकारी योगेन्द्र बरालले बताउनुभयो । घनश्याम स्मृति प्रतिष्ठानको समन्वयमा तोशिरो र हात्सुए दम्पतीले अर्जुनधारा नगरपालिकामा रहेको लक्ष्मी माविमा रु ९७ लाखको लागतमा दुईतले आठकोठे पक्की भवन निर्माण गरेका छन् ।

त्यस्तै, उहाँले बिर्तामोड नगरपालिकास्थित बुट्टाबारीमा रहेको सरस्वती माविमा पनि चारकोठे पक्की भवन निर्माण गर्नुभयो जसको लागत रु ४८ लाख रहेको छ । त्यस्तै, उहाँले बाह्रदशी गाउँपालिका–७ स्थित डाँगीबारीमा रहेको गौरीशंकर माविमा रु ४२ लाखको लागतमा चारकोठे विद्यालय भवन निर्माण गर्नुभएको छ जुन भवनमा ‘हिरोता ड्रिम भवन’ लेखिएको छ ।

यसअघि जापानी नागरिक एड्को हिरोसिमाले आफ्नी दुई नातिनी कालो हिकारु र इझुमीको नाममा शान्तिनगर–६ सुनमाईस्थित राष्ट्रिय विजय माविमा दुईकोठे पक्की भवन निर्माण गर्नुभएको थियो । सो संस्थामार्फत घनश्याम स्मृति प्रतिष्ठानको समन्वयमा रु २१ लाखको लागतमा सो भवन निर्माण गरिएको प्रतिष्ठानकी अध्यक्ष नवकुमारी खनालले बताउनुभयो ।

यता, जापानी नागरिककै सहयोगमा कनकाई नगरपालिकामा रहेको सिंहदेवी निमावि टेक्रामा पनि रु ४२ लाखको लागतमा चारकोठे भवन निर्माण भएको छ । भद्रपुर नगरपालिकामा रहेको पशुपतिनाथ विद्यालयमा पनि रु ३५ लाखभन्दा बढीको लगानीमा तीनकोठे भवन निर्माण भएको छ । हल्दिबारीको पाराखोपीमा रहेको सरस्वती निमाविमा दुईकोठे भवन निर्माण भएको छ जसको लागत रु १९ लाख रहेको बताइएको छ ।

यता, पथरियामा रहेको लक्ष्मीप्रसाद देवकोटा माविमा रु ४५ लाखको लागतमा चारकोठे भवन निर्माण गरिएको छ । श्री निमावि अर्जुनधारामा पनि रु ३५ लाखको लागतमा तीनकोठे भवन निर्माण गरिएको छ । जापानी नागरिकको सहयोगमा निर्माण गरिएका अधिकांश भवन बाल तथा अपाङ्गमैत्री रहेका छन् । यता महारानीगञ्ज माविमा पनि रु ४२ लाखको लागतमा चारकोठे भवन (ट्रष्ट) निर्माण भएको छ । ज्यामिरगढी माविमा पनि रु ४३ लाखको लागतमा तीनकोठे ट्रष्ट निर्माण भएको घनश्याम स्मृति प्रतिष्ठानकी सदस्य प्रतिभा रिजालले बताउनुभयो ।

जन्मदिनमा लक्ष्मी माविलाई भवन उपहार 

जापानी नागरिक तोशिरो हिरोताले श्रीमती हात्सुएको जन्म दिन मनाउँदा अर्जुनधारा नगरपालिकामा रहेको लक्ष्मी माविलाई चारकोठे भवन निर्माण गरिदिनुभयो । श्रीमती हात्सुएको ‘बर्थ डे’ सेप्टेम्बर ३० मा हो । विसं २०७१ साल असोज १४ गते उहाँले श्रीमतीको जन्मदिन झापामा आएर मनाउनुभयो जुन दिन उहाँले श्रीमती हात्सुएको नाममा निर्माण गरिदिएको चारकोठे भवन लक्ष्मी माविलाई हस्तान्तरण गरिएको थियो । श्रीमतीको नाममा निर्माण गरिएको भवन तोशिरोले हात्सुएलाई जन्मदिनको अवसरमा विद्यालयलाई हस्तान्तरण गर्न लगाउनुभयो ।

तीन विद्यार्थीलाई गाई उपहार ! 

लक्ष्मी माविमा अध्ययनरत तीन जना विद्यार्थीलाई हिरोता दम्पतीले गाई उपहार दिनुभएको छ । तोशिरो श्रीमतीको जन्मदिन मनाउन झापा आएका बेला लक्ष्मी माविमा आयोजित भवन हस्तान्तरण कार्यक्रममा हात्सुएलाई विद्यार्थी आफैँले जन्मदिनको शुभकामना कार्ड बनाएर दिएपछि उनीहरुलाई हिरोता दम्पतीले ५५ हजार मूल्य बराबरका दुई गाई उपहार दिनुभएको थियो । सीमा र पुष्पा मिश्र तथा रुपेश तामाङले हात्सुएलाई जन्मदिनको शुभकामना व्यक्त गर्दै आफैँले बनाएको शुभकामना कार्ड प्रदान गरेपछि उनीहरुलाई हिरोता दम्पतीले गाई उपहार दिनुभयो । योसँगै उनीहरुलाई उच्च शिक्षा अध्ययनका लागि सम्पूर्ण खर्च व्यहोर्ने र लालनपालनमा समेत सहयोग गर्ने घोषणा गर्नुभएको थियो ।

सरस्वस्ती मावि बिर्तामोड–६ बुट्टाबारीले जापानी नागरिकले विद्यालय भवन निर्माण गरिदिएको भन्दै दातालाई सम्मान गरेको छ ।

घनश्याम स्मृति प्रतिष्ठान झापाको समन्वयमा जापानी नागरिक तोशिरो र हात्सुए हिरोताले विद्यालय भवन निर्माण गरिदिएपछि उहाँहरुलाई विद्यालयमा आयोजित एक कार्यक्रमबीच सम्मान गरिएको थियो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजुजंग कन्दङ्वाले जापानी नागरिकद्वयलाई सम्मानपत्र प्रदान गर्दै गोर्खालीको पहिचान खुकुरी मायाको चिनोस्वरुप प्रदान गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

कालाबाङ घरेडीमा फोनिजको अन्तरक्रिया

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com