ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

क्षमताभन्दा धेरै यात्रु बोक्ने माइक्रोबस र टेम्पो कारबाहीमा


admin

काठमाडौँ, ६ जेठ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले सवारीसाधनको सीट संख्याभन्दा बढी यात्रु राखेर हिँड्ने १८९ सवारी साधनलाई कारबाही गरेको छ ।

गृह मन्त्रालयले बुधबार क्षमताभन्दा बढी सवारी साधन बोक्ने साना माइक्रोबस र टेम्पोलाई कारबाही गर्न निर्देशन दिएसँगै महाशाखाले माइक्रोबस र टेम्पोलाई कारबाही गरेको हो ।

महाशाखाका सहप्रवक्ता मुकुन्द मरासीनीले सफा टेम्पो र १८ सीटभन्दा कम क्षमता भएका माइक्रोबसलाई कारबाही गरिएको जानकारी दिनुभयो । “उपत्यकाका तीन दर्जन स्थानमा जाँच गर्दा उक्त सवारी कारबाही परेका हुन्,”– उहाँले भन्नुभयो ।

उहाँले आज समातिएका सवारी साधनलाई रु ५०० जरिवाना गरिएर छाडिएको बताउनुभयो । “एउटै सवारी साधनले पटकपटक गल्ती गरे रु तीन हजारसम्म जरिवाना गर्नेछौँ,”– उहाँले भन्नुभयो ।

गृहमन्त्री रामबहादुर थापाले बुधबार सरोकारवालासँगको बैठकमा सवारी दुर्घटना न्यूनीकरण र ट्राफिक नियमको पालनाका लागि कडाइका साथ लाग्न ट्राफिक प्रहरीलाई निर्देशन दिनुभएको थियो ।

काठमाडौँ उपत्यकामा शुक्रबारदेखि नै तीनपाङ्ग्रे टेम्पुमा सीट संख्या भन्दा बढी यात्रु राख्न नपाइने व्यवस्था कडाइका साथ लागू गरिएको छ । बढी यात्रु बोक्ने टेम्पो शुक्रबार र शनिबार ५८ वटालाई कारबाही गरिसकिएको महाशाखाले जनाएको छ ।

यसैगरी महाशाखाले आजै मिटरमा चल्न नमान्ने ट्याक्सी र मिटरमा प्रिन्टर जडान नगरेका ११९ ट्याक्सीलाई कारबाहीसमेत गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

कालाबाङ घरेडीमा फोनिजको अन्तरक्रिया

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com