ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

विद्यालय बन्द गर्न साथिलाई निर्घात कुटपिट गर्ने तीन छात्रविरुद्ध मुद्दा दर्ता


admin
जेष्ठ ६, २०७५ आईतबार  ५ : १३ बजे

चितवन, ६ जेठ । आफ्नै साथीको हत्या गरेर विद्यालय बन्द गराउने भन्दै यहाँको सैनिक महाविद्यालयमा एक विद्यार्थीलाई निर्घात कुटपिट गरेका तीन छात्रविरुद्ध ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता गरिएको छ ।

आवासमा बसेका आफ्नै साथीहरुले भरतपुर महानगरपालिका–१० निवासी सिर्जना पौडेल लामिछानेका छोरा १४ वर्षीय श्रीनव लामिछानेलाई मार्ने उद्देश्यका साथ कुटपिट गरेको भन्दै मुद्दा दर्ता गरिएको हो । लामिछानेले जाहेरी दिएपछि त्यही कक्षा ९ मा अध्ययनरत १४ र १५ वर्षीय दुई किशोरविरुद्ध मुद्दा दर्ता गरिएको हो ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रभुप्रसाद ढकालका अनुसार ती बालकलाई नियन्त्रणमा लिएर जिल्ला अदालत चितवनमा पाँच दिनका लागि म्याद थप गरी अनुसन्धान थालिएको छ । दश वर्षभन्दा माथिका बालबालिकाले गर्ने बालबिज्याई विरुद्धमा मुद्दा लाग्ने गर्दछ । दश वर्षमुनिका बालबालिकाको विरुद्धमा भने उनीहरु मानसिक रुपमा अपराध गर्न नसक्ने भन्दै मुद्दा लाग्दैन । तीन बालकलाई हिरासतमा नराखी संरक्षणमा राखेर अनुसन्धान गरिएको उहाँले बताउनुभयो ।

पीडित बालकका तर्फबाट दिइएको किटानी जाहेरीमा छोराको दायाँ आँखाको छेउमा गहिरो चोट लागेको, आँखा मुनिको हड्डी भाँचिएको उल्लेख छ । घाँटीमा हातले थिच्दा नीलडाम परेको छ भने दुवै आँखामा रगत जमेको जनाइएको छ । हाल ती बालकको काठमाडौँमा उपचार भइरहेको छ । ती बालकलाई शौचालयमा गएका बेला तीन जना मिलेर घाँटी अँठ्याई भित्तो र धारोमा ठोकेको परिवारले जनाएको छ । बालक चिच्याएर पाले आएपछि उनीहरु भागेको घाइते बालकले बताएका छन् । यही वैशाख २९ गते बिहान ३ बजे यो घटना भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

कोहीसँग तालमेल, गठबन्धन हुँदैन: प्रचण्ड

कांग्रेस र एमाले हिजोका सहयात्री हुन्, देश जलाउनेविरुद्ध सहकार्यका लागि संवाद गर्छौँः प्रचण्ड

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

कोहीसँग तालमेल, गठबन्धन हुँदैन: प्रचण्ड

रविलाई गगनको जवाफ – एउटा साथी मञ्चमा प्वाक्क बोलिदिन्छ, यत्रो वर्ष के गरिस् भन्छ

रञ्जित तामाङलाई प्रचण्डको फोन – जितेर आउनुस् मन्त्री बनाउँछु

सुर्खेतबाट पूर्ण खड्काका भाइको उद्षोष –कर्णालीमा कांग्रेस एक ढिक्का छ, भ्रम छर्ने काम नहोस्

नवलपरासी रास्वपा सभापति ठकुरी कांग्रेस प्रवेश

बीबीसीको अनुसन्धान : तत्कालीन आईजीपीको आदेशमा घातक बल प्रयोग, विद्यालय पोसाकमै किशोरको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com