ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

स्थानीयको अवरोधका कारण उत्तर–दक्षिण लोकमार्ग निर्माण ठप्प


admin

ताप्लेजुङ, ६ जेठ ।  स्थानीयवासीको अवरोधका कारण उत्तर–दक्षिण लोकमार्ग आयोजना अन्तर्गतको सडक निर्माण केही दिनदेखि रोकिएको छ । फक्ताङलुङ गाउँपालिका–६ लेलेपका केही व्यक्तिले अवरोध गरेका कारण मंगलबारदेखि सडक निर्माणको कार्य रोकिएको हो ।

यसअघि बस्ती नै जोखिममा पर्ने भन्दै निवेदन गरेका उनीहरुले अहिले फेरि लेलेपको बस्तीतर्फ घुमाएर लानुपर्ने भन्दै काममा अवरोध गरेको बताइएको छ । यसअघि बस्तीबाट बाटो घुमाउँदा उठिबास हुने भन्दै उनीहरुले नै विवाद निकालेपछि गाउँपालिकाले छलफल गरेर अहिले निर्माण भइरहेकै ठाउँ (बस्तीको दायाँ भाग) बाट अघि बढाउने गरी सहमति गराएको थियो ।

आयोजनाअन्तर्गत ट्र्याक खोल्न बाँकी तापेथोकदेखि ओलाङचुङगोलासम्मको खण्डमा केही महिनाअघि देखि निर्माण कार्य भइरहेको छ । तीव्र गतिमा निर्माण भइरहेको सडक बस्तीको माथिल्लो भाग गुम्बाडाँडामा पुगेपछि स्थानीयवासीले अवरोध पु-याएको र उनीहरुसँग समन्वयको प्रयास भइरहेको लोकमार्ग आयोजना प्रमुख कुवेर नेपालीले जानकारी दिनुभयो । राष्ट्रिय गौरवको आयोजना भएकाले र यसअघि पनि सहमति जनाइसकेकाले अब सानातिना विवादले काम नरोकिने उहाँको भनाइ थियो ।

यता फक्ताङलुङ गाउँपालिका अध्यक्ष सरोज एभेङले बस्तीबाट बाटो लाने वा नलाने बारे स्थानीयवासी नै विभाजित भएको भन्दै सहमति गराउनेतर्फ प्रयास भइरहेको बताउनुभयो । रु ३६ करोडको लागतमा निर्माणको जिम्मा पाएको एलाइट कम्पनीले निर्धारित समयमा नै काम सक्ने गरी तीनवटा डुलोजर लगाएर काम अघि बढाइरहेको छ । ओलाङचुङगोलामा सडक जोडिन अब झण्डै ३२ किलोमिटर मात्र बाँकी रहेको आयोजनाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

कालाबाङ घरेडीमा फोनिजको अन्तरक्रिया

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com