
रौतहट,५ जेठ । जिल्ला अदालत गौरले एकजनालाई सर्वस्व सहित ५२ बर्ष कैद फैसला गरेको छ ।
प्रितम साहको जाहेरीमा नेपाल सरकार बादी रहेको एक मुद्धाका अभियुक्तलाई जिल्ला अदालत गौरले सो फैसला गरेको हो ।
२०७३ भदौ ८ गते बालिका अपहरणपछि हत्या आरोपमा पक्राउ परेका बालकिशोर चौरसियालाई जिल्ला अदालत गौरका न्याधिस प्रकाश श्रेष्ठको ईजालसले सर्वस्व सहित ५२ बर्ष कैद फैसला गरेको हो ।
एकै व्यक्तिलाई अपहरणमा २ लाख जरिवना सहित १७ बषै कैद , जबरजस्ती करणीमा १५ बर्ष कैद ,र कर्तव्य ज्यान मुद्धामा सर्वस्व सहित जन्म कैदको फैसला गरेको हो । जिल्ला अदालत गौर रौतहटले यस्तो फैसला गरेको सम्भवत यो नै पहिलो घटना भएको जिल्ला श्रेस्तेदार चिन्तामणी शर्माले बताए ।
अभियुक्त जिल्लाको कटहरिया– १, हर्षाहाका २८ वर्षीय चौरसियाले एक महिनाको अवधिमा तीन बालिकालाई अपहरणपछि करणी गरी मारेको बयान प्रहरीलाई दिएका थिए । जिल्लाको मर्यादपुर गाविसमा हजुरआमासँग सुतिरहेकी चार वर्षीया बालिकालाई अपहरणपछि हत्या आरोपमा चौरसियालाई प्रहरीले पक्राउ गरेको थियो ।



















प्रतिक्रिया दिनुहोस्