ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

व्यापारिक सडक विस्तार गर्न बजार नै बाधक


admin

वीरगञ्ज, ४ जेठ । पथलैयादेखि परवानीपुर हुँदै एकीकृत जाँच चौकी (आइसिपी) सम्म २७ किलोमिटर ६ लेनको व्यापारिक मार्ग निर्माणमा जितपुर बजार बाधक रहेको छ ।

व्यापारिक मार्ग विस्तार आयोजना वीरगञ्ज पथलैया कार्यालयका अनुसार सो सडक निर्माणको क्रम अगाडि बढिसके पनि जितपुर बजारवासीलाई सडक क्षेत्रमा पर्ने घर टहरा तथा भौतिक संरचनाहरु भत्काउन बारम्बार सूचना जारी गरे पनि अटेर गरेकाले सो व्यापारिक मार्ग निर्माण कार्य अगाडि बढाउन स्थानीय प्रशासनको सहयोगमा वैशाख १० गतेभित्र डोजर लगाएर भत्काउने भएको छ ।

केन्द्रबिन्दुबाट दायाँबायाँ २५÷२५ मिटर सडक विस्तार गर्दा जितपुर बजार क्षेत्रको एक हजार १०० मिटरमा ठूला साना गरी २०९ वटा घर भत्काउनु पर्ने बताउँदै योजना प्रमुख रवीन्द्रलाल दासले पथलैया परवानीपुरदेखि आइसिपीसम्म २७ किलोमिटरमध्ये एक हजार १०० मिटरमा रहेको घर टहरा बलपूर्वक भए पनि भत्काउने बताउनुभयो ।

पथलैया वीरगञ्ज औद्योगिक करिडोरदेखि आइसिपीसम्म सरकारले २०७३ असार २९ देखि निर्माण शुरु गरेको सो व्यापारिक मार्ग २०७५ पुस मसान्तसम्म निर्माण सम्पन्न गर्ने लक्ष्य लिए पनि जितपुर बजारवासीले समयमा सो सडक खाली नगर्दा योजनाको काम प्रभावित हुने सम्भावना बढेर गएको छ ।

सरकारको रु तीन अर्ब ५३ करोडको लागतमा निर्माण भइरहेको सो व्यापारिक मार्ग क्षेत्रमा रु एक अर्बको लागतमा तीनवटा पुल निर्माण हुने इन्जिनियर अशोक यादवले बताउनुभयो । पहिलो चरणको योजनाअनुसार ६ लेन सडक त्रिभुवन राजपथमा पर्ने पर्साको लिपनीविर्ताको परवानीपुरदेखि नयाँ बाइपास हुँदै अलौँस्थित आइसिपीमा जोडिएको छ ।

यस सम्बन्धमा जितपुर सिमरा उपमहानगरपालिकाका प्रमुख डा कृष्ण पौडेलले बाटो विस्तारको काममा प्रतिबद्ध रहेकाले जितपुर बजारलाई के गर्न सकिन्छ आवश्यक छलफलको माध्यमबाट अगाडि बढ्ने बताउनुभयो ।

जितपुर सिमरा उपमहानगरपालिका– ७ स्थित जितपुर बजारको २५ मिटरभित्रको संरचना हटाउन सडक विभागले चासो बढाएपछि जितपुरवासी त्रसित छन् । सो योजनाअन्तर्गत पथलैया वीरगञ्ज व्यापारिक मार्गको मध्यबिन्दुमा रहेको जितपुर बजारबाहेक पथलैया सिमरालगायत बजार क्षेत्रमा रहेका स्थानीयवासीले विकासको काम भन्दै आफैँ आफ्नो घर टहरा तथा संरचना हटाएपछि जितपुरबाहेकका क्षेत्रमा ६ लेनको सडक विस्तारको काम तीव्र गतिमा भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

कालाबाङ घरेडीमा फोनिजको अन्तरक्रिया

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com