विराटनगर, ४ जेठ । विराटनगर–१३ मा रहेको भारतीय राजदूतावासको सम्पर्क कार्यालयको पर्खालमा गराईएको बम विष्फोटमा संलग्न रहेको अभियोगमा थप एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा मोरङको बूढीगंगा गाउँपालिका–२ बस्ने ६२ वर्षीय सागर राई भन्ने सुरेशकुमार राई छन् । उनलाई विराटनगर–१५ स्थित छाला उद्योग अगाडिबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
उनलाई जिल्ला अदालत मोरङमा बिहीबार पेश गरिएको बताइएको छ । वैशाख ४ गते राति भएको सो विष्फोटको घटनामा यसअघि नै प्रहरीले दुई जनालाई पक्राउ गरी आवश्यक कारबाही शुरु गरेको छ ।
प्रतिक्रिया दिनुहोस्