बुटवल, ३ जेठ । बुधबार साँझ रुपन्देहीको तिलोत्तमा नगरपालिका ५ स्थित मणिग्राम क्षेत्रमा गोली प्रहारबाट घाइते भएका रुपन्देही कोटहीमाई गाउँपालिका ४ मर्चवारका ४१ वर्षीय रामकेश धवलको मृत्यु भएको छ।
घरबनाउने मजदुरी गर्दै आएका धवलमाथि बुधवार सांझ गोली प्रहार भएको थियो । रुपन्देही प्रहरीले गोलि प्रहार गर्दा प्रयोग गरिएको मोटर साईकल र एक झोला बरामद गरेपनि गोलि प्रहार गर्ने फरार भएका छन् ।
मृतक धवलका छोरा सन्दीप धवलले नै बाबुको हत्या गर्न लगाएको प्रहरीको प्रारम्भीक अनुसन्धानमा खुलेको रुपन्देही प्रहरी प्रमुख प्रहरी उपरिक्षक श्याम ज्ञवालीले बताउनुभयो ।
धवलका जेठी श्रीमती तर्फका सन्दीप भारतको पीपीगंज बस्दै आएका थिए ।



















प्रतिक्रिया दिनुहोस्