ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

काठमाडौँमा ‘हिमालयन ट्राभल मार्ट–२०१८’ आयोजना हुने


admin

काठमाडौँ, ३१ वैशाख ।  नेपाललाई हिमालय क्षेत्रको प्रवेश मार्गका रुपमा स्थापित गराई साहसिक पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले दोस्रो ‘हिमालयन ट्राभल मार्ट–२०१८’ आयोजना हुने भएको छ ।

हिमाली क्षेत्रको पर्यटकीय सम्भावनालाई उजागर गर्दै विश्व बजारमा प्रवद्र्धनार्थ आगामी जेठ १८ देखि २० (जुन १–३) सम्म काठमाडौँमा मार्ट हुने आज यहाँ आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

मार्टको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको होस्ट तथा नेपाल वायु सेवा निगमको साझेदारीमा नेपाल पर्यटन बोर्ड मुख्य आयोजक रहेको छ । मार्टको कार्यकारी आयोजक प्यासिफिक एशिया ट्राभल एशोसिएशन (पाटा) नेपाल च्याप्टर रहेको छ ।

मार्टमा विभिन्न २८ मुलुकका ५६ वटा बायर्सको सहभागिता रहनेछ । अन्तर्राष्ट्रिय सहभागिता १५० रहने र नेपालका व्यवसायीको उल्लेख्य सहभागिता रहने आयोजकले जनाएको छ ।

पहिलो पटक गतवर्ष आयोजना गरिएको मार्टमा ६० भन्दा बढी बिदेशी क्रेता र ५० भन्दा बढी क्षेत्रीय बिक्रेताको सहभागिता थियो ।

पत्रकार सम्मेलनमा बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले नेपाललाई हिमालय क्षेत्रको मुख्य प्रवेश मार्गका रुपमा स्थापित गराउनाका साथै विश्वचर्चित ब्लगर्स, बायर्स र मिडियालाई जमघट गराई नेपाल प्रवद्र्धन गर्नु मार्टको मुख्य उद्देश्य भएको उल्लेख गर्नुभयो ।

अन्तरदेशीय व्यावसायिक जमघटले व्यवसाय प्रवद्र्धनका लागि सम्पर्क सञ्जाल विस्तार र पर्यटकको संख्या बढाउन तथा गन्तव्यको छविलाई सकारात्मक योगदान दिन मार्टले महत्वपूर्ण भूमिका खेल्ने उहाँको भनाइ छ ।

पाटा नेपाल च्याप्टरका अध्यक्ष सुनिल शाक्यले आगामी सन् २०३० सम्ममा ५० लाख पर्यटक पु¥याउने योजनालाई सार्थक तुल्याउन आगामी रणनीति तय गर्न पनि मार्ट सहयोगी सिद्ध हुने उल्लेख गर्नुभयो । उक्त मार्टका लागि करीब रु सात करोड खर्च हुने बताइएको छ । यसमा ४० प्रतिशत निजी क्षेत्रको साझेदारिता रहेको छ ।

सरकारी नीति नियम कार्यान्वयनमा सहजता र निजी क्षेत्रको साझेदारितालाई फराकिलो बनाई प्रभावकारी योजनाका साथ पर्यटकीय पूर्वाधार विस्तार र प्रवद्र्धनात्मक गतिविधि बढाउन सके लक्ष्य हासिल गर्न सम्भव हुने अध्यक्ष शाक्यले बताउनुभयो ।

मार्टको सम्पूर्ण तयारी पूरा भएको र यस पटक मार्टलाई विषय केन्द्रित बनाएर गुणस्तरीय बनाइने पाटा नेपालका प्रमुख कार्यकारी अधिकृत सुरेशसिंह बुढालले जानकारी दिनुभयो । उहाँका अनुसार मार्टको पहिलो दिन ‘द सस्टेनेवल रोड टू फाइभ मिलियन भिजिटर’ अवधारणाका साथ हिमालयन ट्राभल मार्ट कन्फरेन्स आयोजना गरिनेछ ।

दोस्रो दिन इन्टरनेश्नल ट्राभल ब्लगर्स एण्ड मिडिया कन्फरेन्स आयोजना गरिनेछ जहाँ राष्ट्रिय तथा अन्तर्राष्ट्रिय व्यावसायिक ब्लगर तथा मिडियाको सहभागिता रहनेछ । विधुतीय बजार, व्यापार प्रवद्र्धन लगायतबारे छलफल हुनेछ । मार्टको तेस्रो दिन बिटुबी सेसनमा विश्वका स्थापित बायर्ससँग नेपाली व्यवसायीको जमघटमा व्यावसायिक प्रवद्र्धनको अवसर मिल्नेछ ।

मार्टमा विश्व पर्यटन बजारका नयाँ तथा पुराना सशक्त टुर अपरेटरहरुलाई क्रेताका रुपमा आमन्त्रण गरी हिमालय क्षेत्रका टुर अपरेटर, ट्राभल एजेन्सी, होटल, एयरलायन्सलगायत अन्य पर्यटकीय सेवा प्रदायक बिक्रेता कम्पनीहरुसँग व्यावसायिक भेटघाटका साथै बिटुबी मिटिङको अवसर प्रदान गरिने आयोजकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

कालाबाङ घरेडीमा फोनिजको अन्तरक्रिया

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com