ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

इन्डोनेसियामा तीन वटा चर्चमा आतंककारी हमला नौ जनाको मृत्यु


एबीसी न्यूज
बैशाख ३०, २०७५ आईतबार  १ : ५४ बजे

वैशाख ३० –  इन्डोनेसियाको दोस्रो ठूलो शहर सुराबियामा रहेका तीन वटा चर्चमा आतंककारी हमला भएको छ ।

आइतबार ती छुट्टाछुट्टै हमलामा प्रार्थना गरिरहेका नौ जनाको ज्यान गएको प्रहरीले जनाएको छ । आतंककारीहरुले गरेको बम विस्फोटमा अरु दर्जनौँ व्यक्ति घाइते भएका छन् ।

हमलामा ४० जना भन्दा धेरै घाइते भएका बताइएको छ । बम विस्फोट निकै शक्तिशाली रहेको प्रहरीले जनाएको छ । घाइतेहरुको अवस्था गम्भीर रहेको र मृत्यु हुनेको संख्या अरु बढ्न पनि सक्ने अनुमान गरिएको छ ।

इन्डोनेसिया सबैभन्दा धेरै मुस्लिम जनसंख्या भएको देश हो । यहाँका मुस्लिमहरुले समय समयमा चर्चमा हमला गर्ने गरेका छन् । इन्डोनेसियाका मुस्लिमले यसै हप्ता रमादान वर्त बस्ने तयारी गरिरहेका छन् । त्यसको पूर्व सन्ध्यामा यसरी चर्चमा हमला भएको छ ।

रमादानको यस पूर्व सन्ध्यामा आतंककारी हमला हुनसक्ने अनुमानका साथ सरकारले उच्च सुरक्षा सतर्कता अपनाइएको बताएको थियो ।

आइतबार बिहान साढे सात बजेतिर एकै समयमा आतंककारीहरुले तीनवटा चर्चमा हमला गरेका थिए । सरकारले आइएसको सम्भावित हमलाको लागि सुरक्षा सतर्कता अपनाएको समयमा यसरी हमला गरेका हुन् ।

यस हमलाको जिम्मेवारी अहिलेसम्म पनि कसैले लिएको छैन । तर प्रहरीले यहाँका अतिवादी मुस्लिमबाटै यस्तो काम भएको हुनसक्ने अनुमान गरेको छ ।

तीनमध्ये एक चर्चमा आत्मघाती हमला भएको थियो । सो हमलामा परी एकै स्थानमा पाँच जनाको ज्यान गएको थियो ।

मुस्लिम अतिवादीहरुले आइतबारको प्रार्थनाको समयमा यस्तो आक्रमणको योजना बनाएको प्रहरीले जनाएको छ । चर्चहरुमा सुरक्षाको राम्रो प्रबन्ध भए पनि आत्मघातीले हमला गरेको बताइएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

मोरङको सीमावर्ती जोगवनी नाकामा कडाइ : नेपाल प्रवेश गर्न परिचयपत्र अनिवार्य

नेपालका गुन्द्रुक, कोदो, भटमास जस्ता कृषि उपजमा अस्ट्रेलियाले लगायो प्रतिबन्ध

सम्बन्धित

हंगेरीको प्रधानमन्त्रीमा पिटर माग्यार निर्वाचित, ‘प्रणाली परिवर्तन’ गर्ने प्रतिवद्धता

रुस–युक्रने युद्ध चाँडै समाप्त हुने पुटिनको संकेत

बेइजिङमा ट्रम्प-सी शिखर सम्मेलन: विश्वकै सबैभन्दा महत्त्वपूर्ण सम्बन्धको व्यवस्थापन

रुस र युक्रनेबीच तीन दिने यद्ध विराम भएको ट्रम्पको घोषणा

हालैका विधानसभा चुनावहरूमा बहुसंख्यकवादको पाटो

पानीजहाजमा हान्टा भाइरस सङ्क्रमण : ‘सर्वसाधारणलाई जोखिम कम’ – डब्ल्यूएचओ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com