ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मोदी आउनुभन्दा एक घण्टा अघि प्रधानमन्त्री ओली जनकपुर पुग्ने


admin

जनकपुर, २७ वैशाख । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले प्रधानमन्त्री केपी शर्मा ओली भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीे नेपाल आउनुभन्दा एक घन्टाअघि नै जनकपुर पुग्ने जानकारी दिएका छन् ।

उनले भारतीय प्रधानमन्त्रीको भ्रमणबारे सबै काममा सावधानी अपनाएर काम गरिरहेको बताएका छन् ।

आफ्नै कार्यकक्षमा पत्रकारसँग कुरा गर्दै उनले भारतीय प्रधानमन्त्रीको स्वागतमा जनकपुरमा लाखौंको संख्यामा मानिसहरुको उपस्थिति हुने पनि बताएका छन्। उनले भने, ‘लाखौंको संख्यामा जनताहरु उपस्थित हुनेछन्।’ भ्रमणलाई ऐतिहासिक बनाउनकै लागि प्रदेशभर सार्वजनिक बिदा दिइएको उनले बताए। ‘प्रदेश २ का ८ वटै जिल्लामा बैठक गरेरै बिदाको निर्णय गरिएको हो,’ उनले भने।

अहिले विशेषगरी सरसफाइमा केन्द्रित भएको भन्दै उनले सुरक्षाकर्मी मात्रै एक हजारको संख्यामा खटिएको जानकारी दिए। ‘प्याब्सन, एनप्याब्सन, हिसान लगायतका संगठनलाई आग्रह गरेरै सरसफाइ र आफ्नो क्षेत्रमा सुरक्षा संवेदनशीलता अपनाउन आग्रह गरेका छौं,’ मन्त्री राउतले भने।

प्रदेश २ बाट हुने मोदीको भ्रमणले मुलुकको विकास, समृद्धि र पहिचानका लागि सहयोग पुर्‍याउने उनले विश्वास व्यक्त गरेका छन्। ‘उहाँको आगमनलाई खुसी, हर्ष र गौरवको रुपमा लिएका छौं,’ राउतले भने, ‘समग्र मुलुककै लागि यो गर्वको विषय हो।’

बुधबार बिहानको हावाहुरीले प्रवेशद्वारहरु भत्किएको जानकारी दिँदै उनले त्यसको निर्माण अहिले तीव्र गतिमा भइरहेको बताए। ‘नागरिक अभिनन्दनको तयारी पनि पूरा भएको छ। स्टेज निर्माणको काम बेलुकासम्म सकिन्छ। त्यसपछि हामी सुरक्षा निकायलाई हस्तान्तरण गर्नेछौं,’ उनले भने।

दुईदिने नेपाल भ्रमणमा आउन लागेका प्रधानमन्त्री मोदीले भ्रमणको पहिलो दिन शुक्रबार २ घन्टा जनकपुरमा बिताउनेछन्। उनी बिहान १०:१५ बजे जनकपुर अवतरण हुनेछन्।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

कालाबाङ घरेडीमा फोनिजको अन्तरक्रिया

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com