भण्डारीलाई शंकाको आधारमा जाँच गदा उनको झोलाबाट ५२ ग्राम लागु औषध चरेश फेला परेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख प्रहरी नायव उपरीक्षक हेरम्ब शर्माले जानकारी दिनुभयो ।
भण्डारीलाई सोधपुछ गर्दा स्थानीय व्यापारी गणेशदत्त भट्टको पसलबाट किनेको बताएपछि भट्टको पसलमा समेत ३ सय ५५ ग्राम चरेश फेला परेको उहाँले बताउनुभयो । दुवैजनालाई हिरासतमा लिएर अनुसन्धान कार्य चलिरहेको प्रहरीले जनाएको छ ।



















प्रतिक्रिया दिनुहोस्