ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility

Live
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
ABC NEWS NEPAL | No.1 News channel of Nepal
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश

यमनको राष्ट्रपति कार्यालय लक्षित आक्रमण, छ को मृत्यु, ३० घाइते


abc

साना, २५ वैशाख । यमनको राजधानी सानामा रहेको राष्ट्रपति कार्यालयलाई लक्षित गरी सोमबार आक्रमण भएको छ ।

यमनी विद्रोहीहरुले नियन्त्रणमा लिएको ठाँउमा भएका दुई हवाई हमलामा परी कम्तीमा ६ जनाको मृत्यु भएको छ भने अरु ३० भन्दा बढी घाइते भएका छन् ।

स्वास्थ्य अधिकारीहरुले एएफपीलाई दिएको जानकारी अनुसार विद्रोहीहरूले चलाएको अल मसिराह टेलिभिजनले साउदी अरब नेतृत्वको गठबन्धन सेनाले आक्रमण गरेको समाचार प्रसारण गरेको छ ।

स्थानीयबासिन्दाले राष्ट्रपति भवनलाई लक्षित गरी दुई ठुला शक्तिशाली विस्फोटन भएको सुनेको बताएका छन् । केन्द्रीय बैंकबाट नजिकै रहेको एउटा बैंक र पसलको छेउमा विस्फोटन भएको थियो ।

“हामीले राष्ट्रपति कार्यालयको अर्को प्रवेशद्वार तर्फ काम गरिरहेका थियौं, पहिला सादा आवाज सुन्यौं, त्यसपछि विस्फोटनको आवाज आयो,” कार्यालयका एक कर्मचारी अहमद डेहसिरले भन्नुभयो । उहाँले बिस्फोटनपछि भत्किएको ठाँउमा धेरै जना पुरिएको बताउनुभयो ।

यमनमा हुथी विद्रोही र साउदी अरब नेतृत्वको गठबन्धन सेनाकाबीचमा सन् २०१५ देखि युद्ध चलिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

भारतको पश्चिम बङ्गालको निर्वाचनका लागि पूर्वी नाका सिल

झापा, २ वैशाख : भारतको पश्चिम बङ्गालमा हुने निर्वाचनका लागि पूर्वी नाका ७२ घण्टा लागि आज बिहान ६ बजेदेखि सिल गरिएको छ । पश्चिम बङ्गालमा

राष्ट्रिय मेयर सम्मेलन’बाट पोखरा घोषणापत्र जारी

कास्की, २ वैशाख  :पोखरामा स्थानीय तहका प्रमुखहरुको ‘प्रथम राष्ट्रिय मेयर’ सम्मेलन सम्पन्न भएको छ । पोखरा महानगरपालिकाको आयोजनामा चैत ३१ र वैशाख १ गते सञ्चालन

मेलम्ची आउनु ठूलो उपलव्धी, आगामी दिन अझ बढी सफलता हासिल गर्ने : प्रधानमन्त्री

    काठमाडौं १ बैशाख ।प्रधानमन्त्रीले मेलम्ची ल्याउनु ठूलो उपलब्धि भएको बताए । ‘मेलम्चीको पानी दशकौंपछि काठमाडौंका धारामा झार्न सफल भयौं । पुनर्निर्माण र नयाँ

सम्बन्धित

भारतद्वारा रुसी खोप “स्पुतनिक भी” लाई अनुमति

क्रिप्टोकरेन्सीः २० खर्ब डलरको विश्व बजार

कोरोना भाइरसः चीनमा निर्मित कोभिड खोपहरूले प्रदान गर्ने सुरक्षा दर उच्च छैन : बीबीसी

दक्षिण कोरियाका प्रधानमन्त्री इरानमा

यमनको माारिब प्रान्तमा भएको भिडन्तमा ४७ जनाको मृत्यु

 इरानमा परमाणु केन्द्रमा क्षेप्यास्त्र आक्रमण

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एसियन बिजनेस सर्कल प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9841885150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एसियन बिजनेस सर्कल टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कंडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : राजन शर्मा
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2021 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com