काठमाडौ,२३ वैशाख । महानगर पालिका काठमाडौमा साँझको समयमा समेत फुटपाथ अतिक्रमण गरेर ब्यापार–व्यवसाय सञ्चालन गर्न नदिने भएको छ । दिउँसो समयमा केही कडाइ गरे पनि महानगरपालिका साँझको समयमा भने फुटपाथमा ब्यापार गर्न रोक्ने गरेको थिएन।
शहरको सभ्यता र सौन्दर्य बिग्रँदै गएको र पैदलयात्रुलाई फुटपाथ छाडेर सडकमा ओर्लिएर हिँड्नुपर्ने अवस्था आएको भन्दै महानगरपालिकाले साँझको समयमा पनि फुटपाथ अतिक्रमणविरुद्ध विशेष अभियान सुरु गर्नेभएको छ ।
महानगरपालिकाका प्रवक्ता ज्ञानेन्द्र कार्कीले फुटपाथ अतिक्रमणलाई शून्यमा झार्ने गरी अभियान सुरु भएको बताए । उनले बेलुकी ६ देखि राति १० बजेसम्म पनि फुटपाथ अतिक्रमण नियन्त्रण गर्न नगर प्रहरी परिचालन गर्न लागिएको जानकारी दिए ।
‘नगर कार्यपालिकाले यस विषयमा निर्णय गरिसकेकको छ । यात्रु हिँड्ने फुटपाथमा कुनै पनि समयमा ब्यापार गर्न नदिने गरी कडाइ गर्दैछौं ,’ प्रवक्ता कार्कीले भने,’आवागमनमा असर पर्ने गरी फुटपाथ अतिक्रमण गर्नेलाई हुने कारवाही पनि अब कडा किसिमको हुन्छ ।’
प्रतिक्रिया दिनुहोस्