ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बलात्कारपछि बालिकालाई जिउँदै जलाइयो 


एबीसी न्यूज
बैशाख २३, २०७५ आईतबार  ८ : ५६ बजे

राँची — भारतको झारखण्डमा एक १६ वर्षीया किशोरीलाई बलात्कारपछि जिउँदै जलाइएको छ । ती किशोरीमाथि बलात्कार भएपछि अभिभावकले गाउँका अगुवालाई गुनासो गरेको भन्दै उनलाई जिउँदै जलाइएको प्रहरीले जनाएको छ ।

प्रहरीले घटनामा संलग्न रहेको आरोपमा १४ जनालाई पक्राउ गरेको छ । प्रहरीका अनुसार बलत्कारपछि गाउँका अगुवाले दोषीलाई १ सय पटक उठबस गर्न र ५० हजार रुपैया जरिवाना तिर्न आदेश दिएका थिए । तर त्यसबाट कुद्ध बलत्कारीले किशोरीका आमाबाबुमाथि निर्घात कुटपिट गर्नुका साथै उनलाई आगो लगाएका हुन् ।

स्थानीय प्रहरी कार्यालयका प्रमुख अशोक रामले भने, ‘उनीहरुले आरोपीले पीडित किशोरीका आमाबाबुलाई कुटपिट गर्नुका साथै घरमा पुगेर किशोरीलाई आगो लगाएका हुन् ।’
उनीहरुले आफ्ना बुबाआमा आफन्तको विवाहमा गएका बेला किशोरीलाई ४ जनाले अपहरण गरेका थिए । प्रहरीका अनुसार अपहरणपछि राजा केन्डुवा गाउँ नजिकैको जंगलमा लगेर किशोरीमाथि बलत्कार गरेका थिए ।
घटनाबारे थाहा पाएलगत्तै उनका बाबुआमा दोषीमाथि कारवाहीको माग गर्दै गाउँका अगुवासमक्ष पुगेका थिए । तर गाउँ परिषदा अगुवाले कानूनी प्रक्रियाको साटो आफै विवाद समाधानको पहल गरेका थिए । भारतका कतिपय ग्रामिण इलाकामा अझैपनि त्यस्ता गाउँ परिषदो महत्वपूर्ण प्रभाव कायमै छ ।
 बलत्कार र हत्याबारे अनुसन्धान गर्न प्रहरीले १४ जनालाई पक्राउ गरिएको हो । प्रहरीका अनुसार ४ जनाको खोजी भइरहेको छ । प्रहरीले कैयौं गाउँलेमाथि गैरकानुनी कार्य गरेको तथा घटनालाई तोडमोड गर्न प्रयास गरेको आरोपमा मुद्दा दायर गरिने जनाएको छ ।
भारतमा सन् २०१६ को एक प्रतिवेदन अनुसार वर्षमा करिब ४० हजार बलत्कारका घटना हुने गर्छन् । यद्यपी, उक्त प्रतिवेदनमा सामाजिक अपहेलनाको त्रासका कारण अधिकांश घटनाहरु सार्वजनिक नहुने उल्लेख छ । एजेन्सी

प्रतिक्रिया दिनुहोस्

भर्खरै

एमाले सचिवालय बैठक बस्दै, के छन् छलफलका एजेन्डा ?

ट्रम्प-सी शिखर सम्मेलनले के समाधान गर्न सकेन ?

सम्बन्धित

ट्रम्प-सी शिखर सम्मेलनले के समाधान गर्न सकेन ?

चिनिया राष्ट्रपति सीले ट्रम्पलाई सुनाएको ‘थुसिडाइड्स ट्र्याप’के हो ?

ट्रम्प चापलुसीपूर्ण, सी दृढ : ठूलो भिन्नता देखियो : न्यूयोर्क टाइम्स

ट्रम्प-सी शिखर भेट : ताइवान मुद्दामा सीको चेतावनी, ट्रम्पको प्रशंसा

ट्रम्पले बारम्बार भने : राष्ट्रपति सी महान् नेता हुन्

ट्रम्पलाई बेइजिङमा स्वागत गर्दै सीको सन्देश : ‘प्रतिद्वन्द्वी होइन, साझेदार बन्नुपर्छ’

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com