ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility

  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पाकिस्तानी निर्वाचन एलियनद्वारा गराइने छ : प्रधानमन्त्री अब्बासी


एबीसी न्यूज
बैशाख २३, २०७५ आईतबार   ७ : ४२   बजे

 

, पाकिस्तान, २२ वैशाख।  पाकिस्तानका प्रधानमन्त्री शहिद खकान अब्बासीले पाकिस्तानमा हुन गइराखेको आम निर्वाचन ‘एलियन’ शक्तिबाट गराइने बताउनुभएको छ ।

पाकिस्तानी डन न्यूजले प्रधानमन्त्री अब्बासीको शब्दलाई उद्धृत गर्दै भनेको छ, “पाकिस्तानको निर्वाचन आयोगले प्रधानमन्त्रीलाई ‘गैरजिम्मेवार भनाइहरू’ नदिन कडा दवाव दिएपछि प्रधानमन्त्रीले निर्वाचन ‘एलियन’ ले गराउने बताउनुभएको छ ।”

पाकिस्तानी निर्वाचन प्रक्रियालाई लिएर पाकिस्तानी अधिकारीबाट ‘एन्जेल’ र ‘अदृश्य शक्ति’ ले निर्वाचन गराउने भन्ने भनाइहरू यस अघि आएका भए पनि ‘एलियन’ द्वारा गराउने भन्ने भनाई नयाँ भएको डनले जनाएको छ ।

प्रधानमन्त्रीबाट आएको भनाइले निर्वाचन पारदर्शी नहुने सङ्केत सरकारले महशुस गरेको बुझ्न सकिन्छ ।

अब्बासीको ‘एलियनले निर्वाचन गर्दैछन्’ भन्ने भनाई भ्रष्टाचार आरोपपछि प्रधानमन्त्री रहन अयोग्य घोषणा गरिएका पूर्व प्रधानमन्त्री नवाज सरीफले दुई दिन पहिले व्यक्त गरेको भनाईसँग मिल्दोजुल्दो देखिएको छ ।

अब्बसीले भन्नुभयो, “हाम्रो प्रतिस्पर्धा पाकिस्तानी पिपुल्स पार्टी (पीपीपी) का सहअध्यक्ष असिफ अलि जर्दारी र पाकिस्तान तेहरीक–आई–इन्साफका अध्यक्ष इमरान खानसँग नभई एलियन्ससँग हुँदैछ ।”

“निर्वाचन विदेशी (एलियन) शक्तिले गराउने छ तर पनि पाकिस्तान मुश्लिम लिग–नवाज (पिएमएल–एन) ले सहभागीता जनाउने छ,” प्रधानमन्त्री अब्बासीले प्रतिनिधि सभाका सभामुख सरदार आयाज सद्दिकले पाकिस्तानी तल्लो सदनका सदस्यलाई दिएको स्वागत समारोहमा सञ्चारकर्मीसँगको अनौपचारिक कुराकानीमा बताउनुभयो ।

यसैबीच पाकिस्तानको निर्वाचन आयोगका प्रवक्ता अल्ताफ खानले भने निर्वाचन आयोगलाई दिइएको आदेश अनुसार संविधानको धारा २१८ अन्तर्गत रहेको निर्वाचन ऐन २०१७ ले निर्दिष्ट कानून अनुसार गराइने बताउनुभयो ।

उहाँले निर्वाचन आयोग आफ्ना कानूनी तथा संवैधानिक कर्तब्य पूरा गर्न पूर्णतया स्वतन्त्र रहेको बताउनुभयो ।

तर तेहरीक–आई–इन्साफका अध्यक्ष खानले भने सरकारको मर्यादित पदमा रहेको व्यक्तिले यस किसिमको गैरजिम्मेवार भनाई राख्नु नहुने बताउनुभएको छ । उहाँले भन्नुभयो, “सत्ताधारी दलबाट आएका यस्ता अफबाहले संविधानलाई खतरामा पार्न सक्छन् ।”

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

सरकारले कुन–कुन क्षेत्रमा कति–कति ल्यायो बजेट ?

रास्वपाको ‘नागरिक करार’ र बालेन सरकारको बजेट : नीतिगत तालमेल तर कार्यान्वयनमा आशंका

सम्बन्धित

दक्षिणी लेबननमा भीषण हमला गर्दै इजरायल

इरान र सदाबहार युद्धको पासो: दलदलबाट बच्ने प्रयासमा अमेरिका एक मृत मोडमा

जेफ बेजोसको अर्बौं डलर: चोरी कि सिर्जना?

कङ्गोमा इबोलाको प्रकोपः सुरक्षित अन्त्येष्टि र जनविश्वासको चुनौती

हिजबुल्लाहलाई ‘धराशायी’ बनाउन लेबनानमा आक्रमण तिब्र पार्ने इजरायली प्रधानमन्त्रीको घोषणा

चन्द्रमामा स्थायी मानव उपस्थितिका लागि नासाद्वारा ‘मून बेस’ योजना सार्वजनिक

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group