ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सिरियामा शान्ति स्थापनाका लागि आग्रह


एबीसी न्यूज

 

संयुक्त राष्ट्रसंघ, २२ वैशाख। विगत सात वर्षदेखि द्वन्द्व जारी रहेको सिरियाको समस्या शान्तिपूर्णरुपमा समाधानको लागि संयुक्त राष्ट्रसंघका लागि चिनियाँ विशेषदूतले बिहीबार आग्रह गर्नुभएको छ ।

द्वन्द्वका कारण अस्तव्यस्त रहेको यस देशको समस्या शान्तिपूर्णरुपमा समाधानका लागि सिरियाली शासकसँगको सहभागितामा वार्ता नै हुनुपर्ने विशेषदूत मा जाओसुले बताउनुभयो ।

उहाँले केही हप्तामात्र अघि संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्मा सिरियालाई राजनीतिक प्रक्रियामा लैजानको लागि सबै पार्टीलाई आग्रह पनि गर्नुभएको थियो ।

हाल सिरियाको राजधानी दमासकसलगायत पूर्वी गुटा क्षेत्रमा सुरक्षास्थिति अत्यन्त नाजुक रहेकोतर्फ सबैको ध्यान पुग्नुपर्नेमा पनि उहाँले जोड दिनुभएको समाचारमा जनाइएको छ ।

उक्त क्षेत्रमा रुस र सिरियाले संयुक्तरुपमा गरेको हवाई कारबाहीको कारण नागरिक हताहत बढेको छ । केही समय रोकिएको उक्त क्षेत्रको आक्रमण अहिले पनि पुनः सुरु भएको जनाइएको छ ।

सिरियामा सन् २०११ बाट सुरु भएको जनआन्दोलन गृहयुद्धमा परिणत भएपछि आतङ्ककारी समूह अल कायदा र इस्लामिक स्टेट्सको पनि घुसपैठ हुन थालेको बताइन्छ ।

जारी सो द्वन्द्वमा परी सो समयदेखि हालसम्म तीन लाख ५०० हजारभन्दा बढी व्यक्ति मारिएका छन् भने लाखौँ सिरियाली घाइते भएका छन् ।

त्यसैगरी सिरियाबाट ठूलो संख्याका नागरिक विस्थापित भएर शरणार्थीका रुपमा बाहिरिएका छन् । अहिले पनि त्यहाँ हिंसा जारी नै रहेकोले हिंसाको अन्त्यका लागि शान्तिपूर्ण मार्ग अवलम्बन गर्न सबैको आग्रह रहेको छ ।

तर पनि सिरियामा शान्तिका लागि संयुक्त राष्ट्रसंघले कैयौँ पटकसम्म वार्ताको आह्वान गरेको भए पनि त्यो सम्भव हुन सकिरहेको छैन ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

अमेरिकाको विरोधका बीच जी–ट्वान्टी शिखर सम्मेलन सम्पन्न

मोदी–नीतिश गठबन्धनलाई २०२ सिट, विपक्षी ३५ मै सीमित

फिलिपिन्समा आँधी ‘कलमेगी’ को प्रभाव : दशौँ हजार नागरिकलाई सुरक्षित ठाउँमा सारियो

थाइल्यान्डकी पूर्वमहारानी सिरिकितको ९३ वर्षको उमेरमा निधन

भारतको राजस्थानमा गुडिरहको बसमा आगलागी हुँदा २० जनाको मृत्यु

बन्धक रिहाइका लागि इजरायल जाँदै ट्रम्प, भने– गाजामा युद्ध समाप्त भयो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com