ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility

  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सिरियामा शान्ति स्थापनाका लागि आग्रह


एबीसी न्यूज
बैशाख २२, २०७५ शनिबार   ६ : ५१   बजे

 

संयुक्त राष्ट्रसंघ, २२ वैशाख। विगत सात वर्षदेखि द्वन्द्व जारी रहेको सिरियाको समस्या शान्तिपूर्णरुपमा समाधानको लागि संयुक्त राष्ट्रसंघका लागि चिनियाँ विशेषदूतले बिहीबार आग्रह गर्नुभएको छ ।

द्वन्द्वका कारण अस्तव्यस्त रहेको यस देशको समस्या शान्तिपूर्णरुपमा समाधानका लागि सिरियाली शासकसँगको सहभागितामा वार्ता नै हुनुपर्ने विशेषदूत मा जाओसुले बताउनुभयो ।

उहाँले केही हप्तामात्र अघि संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्मा सिरियालाई राजनीतिक प्रक्रियामा लैजानको लागि सबै पार्टीलाई आग्रह पनि गर्नुभएको थियो ।

हाल सिरियाको राजधानी दमासकसलगायत पूर्वी गुटा क्षेत्रमा सुरक्षास्थिति अत्यन्त नाजुक रहेकोतर्फ सबैको ध्यान पुग्नुपर्नेमा पनि उहाँले जोड दिनुभएको समाचारमा जनाइएको छ ।

उक्त क्षेत्रमा रुस र सिरियाले संयुक्तरुपमा गरेको हवाई कारबाहीको कारण नागरिक हताहत बढेको छ । केही समय रोकिएको उक्त क्षेत्रको आक्रमण अहिले पनि पुनः सुरु भएको जनाइएको छ ।

सिरियामा सन् २०११ बाट सुरु भएको जनआन्दोलन गृहयुद्धमा परिणत भएपछि आतङ्ककारी समूह अल कायदा र इस्लामिक स्टेट्सको पनि घुसपैठ हुन थालेको बताइन्छ ।

जारी सो द्वन्द्वमा परी सो समयदेखि हालसम्म तीन लाख ५०० हजारभन्दा बढी व्यक्ति मारिएका छन् भने लाखौँ सिरियाली घाइते भएका छन् ।

त्यसैगरी सिरियाबाट ठूलो संख्याका नागरिक विस्थापित भएर शरणार्थीका रुपमा बाहिरिएका छन् । अहिले पनि त्यहाँ हिंसा जारी नै रहेकोले हिंसाको अन्त्यका लागि शान्तिपूर्ण मार्ग अवलम्बन गर्न सबैको आग्रह रहेको छ ।

तर पनि सिरियामा शान्तिका लागि संयुक्त राष्ट्रसंघले कैयौँ पटकसम्म वार्ताको आह्वान गरेको भए पनि त्यो सम्भव हुन सकिरहेको छैन ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

सरकारले कुन–कुन क्षेत्रमा कति–कति ल्यायो बजेट ?

रास्वपाको ‘नागरिक करार’ र बालेन सरकारको बजेट : नीतिगत तालमेल तर कार्यान्वयनमा आशंका

सम्बन्धित

दक्षिणी लेबननमा भीषण हमला गर्दै इजरायल

इरान र सदाबहार युद्धको पासो: दलदलबाट बच्ने प्रयासमा अमेरिका एक मृत मोडमा

जेफ बेजोसको अर्बौं डलर: चोरी कि सिर्जना?

कङ्गोमा इबोलाको प्रकोपः सुरक्षित अन्त्येष्टि र जनविश्वासको चुनौती

हिजबुल्लाहलाई ‘धराशायी’ बनाउन लेबनानमा आक्रमण तिब्र पार्ने इजरायली प्रधानमन्त्रीको घोषणा

चन्द्रमामा स्थायी मानव उपस्थितिका लागि नासाद्वारा ‘मून बेस’ योजना सार्वजनिक

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group