प्यूठान, २१ बैशाख। नेपाल सरकारको यातायात व्यवसायमा रहेको सिन्डिकेट प्रणाली हटाउने निर्णय बिरुद्ध बन्द हड्तालमा उत्रिएका प्यूठानका ५ जना व्यवसायी पक्राउ परेका छन् ।
स्वर्गद्वारी वस व्यवसायी समितिका महासचिव चन्द्रमान श्रेष्ठ सहित ५ जना व्यवसायी पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय प्यूठानले जनाएको छ ।
नेपाल यातायात व्यवसायी महासंघले आफ्नो मातहतमा रहेका यातायात व्यवसायीहरूलाइ यातायातका साधनहरू बन्द गराउन निर्देशन गरेपछि जिल्लामा वन्द गर्न निर्देशन दिएको भन्दै महासचिव श्रेष्ठ सहित प्यूठानका ५ व्यवसायीलाई शुक्रबार दिउँसो बिजुवारबाट पक्राउ गरिएको प्यूठानका प्रहरी प्रमुख राजेन्द्र पोखरेलले बताउनुभयो ।
पक्राउ परेका व्यवसायी लाई नियमानुसार कारबाही हुने र त्यसका लागि आवश्यक अनुसन्धान भइरहेको पोखरेलले बताउनुभयो ।
तर प्युठानमा महासंघमा आबद्ध नभएका यातायातका साधन भने संचालनमा छन् । नमस्ते प्युठान यातायात प्रा.ली.का २३ वटा सवारीले प्युठानमा सेवा दिइरहेका छन् ।
प्रतिक्रिया दिनुहोस्