ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

निजी विद्यालय छोडेर सरकारीमा लर्को, विद्यार्थी व्यवस्थापनमा चुनौती


admin

रोल्पा, २१ वैशाख।  निजी छाडेर सरकारी विद्यालयमा विद्यार्थीको चाप बढ्न थालेपछि रोल्पाको एक विद्यालयलाई विद्यार्थी व्यवस्थापनमा चुनौती थपिएको छ । सदरमुकाम लिवाङमा रहेको बालकल्याण नमूना माध्यमिक विद्यालयले बितेको एक दशकयता गरेको शैक्षिक सुधारका कारण विद्यार्थीको आकर्षण बढेसँगै व्यवस्थापनमा चुनौती थपिएको हो ।

चालु शैक्षिक सत्रमा सो विद्यालयमा शिशु कक्षा देखि कक्षा १२ सम्म दुई हजार ३५० विद्यार्थी रहेको विद्यालयले जानाएको छ । विद्यालयले हाल शिशु कक्षा देखि कक्षा ८ सम्म अंग्रेजी माध्यमबाट पढाउँदै आएको छ । आगामी दुई वर्षभित्र कक्षा १० सम्म नै अंग्रेजी माध्यमबाट पठनपाठन गराउने विद्यालयले जनाएको छ । शिशु कक्षादेखि कक्षा ५ सम्म अंग्रेजी माध्यम अनिवार्य बनाइएको छ, भने कक्षा ६ देखि १० सम्म अंग्रेजी र नेपाली माध्यमका दुई वटा धारमा पढाइ हँुदै आएको छ ।

सोही विद्यालयमा अध्ययन गरेका तथा निजी विद्यालयबाट आएकाका लागि अंग्रेजी माध्यम र अन्य विद्यालयबाट आएका विद्यार्थीका लागि नेपाली माध्यमको व्यवस्था गरेका छौ विद्यालयका प्राचार्य मधुसुदन पोख्रेल भन्नुहुन्छ ।

विद्यालयमा बढ्दै गएको विद्यार्थी संख्याको तुलनामा जनशक्ति र भौतिक संरचनाको व्यवस्थापनमा चूनौती थपिएको विद्यालय व्यवस्थापन समितिका सदस्य जीतबहादुर डाँगी बताउनुहुन्छ । हरेक वर्ष ठूलो संख्यामा नयाँ विद्यार्थी थप हँुदै जाँदा शिक्षकको संख्या पनि थप्नुपर्ने र कक्षा कोठा समेत थप गर्नुपर्ने भएकाले विद्यालयलाई ठूलो व्ययभार हुँदै आएको चर्चा गर्दै कक्षा ६ देखि १० सम्म दुई वटा भाषामा पठनपाठन गर्नु पर्दा दोब्बर जनशक्तिको पनि व्यवस्थापन गर्नु परेकाले थप व्ययभार हँुदै आएको उहाँको भनाइ छ ।

व्यवस्थापकीय परिवर्तन र प्रशासनिक सुधारपछि सो विद्यालय जिल्लाकै नमूना विद्यालयको रुपमा स्थापित भएको छ । शिक्षा विभागको एक निर्वाचन क्षेत्र एक नमूना विद्यालयको अवधारणा अनुसार रोल्पामा नमूना विद्यालयको रुपमा छनौंट भएका दुई विद्यालयमध्ये सो विद्यालय एक हो । अभिभावक, विद्यालय व्यवस्थापन समिति र शिक्षकको लगातारको लगावका कारण विद्यालयको सुधार सम्भव रहेको विद्यालय व्यवस्थापन समितिका सदस्य डाँगी उल्लेख गर्नुहुन्छ ।

अभिभावकको निरन्तर निगरानी, विद्यालय व्यवस्थापन समितिको खटनपटन एवं जिम्मेवारी बोध तथा शिक्षकमा आएको सेवा भावकै कारण विद्यालयको शैक्षिक सुधार सम्भव भएको हो ।

दश जोड दुईमा विज्ञान, मानविकी, व्यवस्थापन, शिक्षा र कम्युटर विज्ञानको पढाइ भइरहेको विद्यालयले जनाएको छ । केही वर्षयता सो विद्यालयले प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद्बाट सम्बन्धन प्राप्त गरी सवइञ्जिनियर र सवओभरसियर विषयमा समेत पठनपाठन गर्दै आएको छ । जिल्लामा एसएलसीको नतिजा १५ प्रतिशत हुँदा सो विद्यालयले भने हरेक वर्ष ७५ प्रतिशत भन्दा नतिजा प्राप्त गर्दै आएको छ ।

जिल्लास्तरमा सञ्चालन गरिने अतिरिक्त क्रियाकलापमा समेत विद्यालयले राम्रो नतिजा लिँदै आएको बताइएको छ । हरेक वर्ष सञ्चालन गरिने माध्यमिक विद्यालयस्तरीय राष्ट्रपति रनिङ सिल्ड प्रतियोगितामा समेत विगत ६ वर्ष यताका सबै सिल्ड सो विद्यालयले कब्जा गर्दै आएको बताइएको छ । कक्षा अनुगमनका लागि हरेक कोठामा सिसी क्यामेरा जडान गरिएको छ । विद्यालयका प्राचार्यले सिसी क्यामेरामार्फत हरेक कक्षा कोठाको निगरानी गर्ने गरिएको छ ।

विद्यालयले आफूहरुको लागि गरेको लगानीले विद्यार्थी सन्तुष्ट रहेको कक्षा १० का छात्र दीपक परियार बताउनुहुन्छ । कतिपय कक्षामा विद्यार्थीको चाप अधिक रहेकाले पठनपाठनमा समस्या देखिन्छ परियार भन्नुुहन्छ, “बन्द हडतालको पहिलो निसाना विद्यालय हुने र विभिन्न राजनीतिक दल संवद्ध विद्यार्थी संगठनले समेत राजनीतिक कार्यक्रममा विद्यार्थीलाई प्रयोग गर्दै आएकामा हमीहरू सन्तुष्ट छैनौ । ।”

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

कालाबाङ घरेडीमा फोनिजको अन्तरक्रिया

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com