ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility

Live
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
ABC NEWS NEPAL | No.1 News channel of Nepal
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश

रातो मछिन्द्रनाथ गुठीको सम्पत्ति कति ?


admin

ललितपुर, २१ वैशाख । रातो मछिन्द्रनाथको गुठीलाई पशुपतिनाथको गुठी पछिको नेपालको दोस्रो धेरै सम्पति भएको गुठी मानिए पनि गुठीका नाममा कति सम्पत्ति छ भन्ने अहिलेसम्म यकिन हुनसकेको छैन ।

गुठीको जग्गा संरक्षण र रातो मछिन्द्रनाथको जात्रा सञ्चालनको जिम्मेवार निकाय गुठी संस्थान ललितपुर शाखा यसबारे अनभिज्ञ छ ।

जिल्लाका साविक ४१ गाविसमध्ये आधा भन्दा बढी र साविक ललितपुर उपमहानगरपालिकाका कतिपय वडामा रातो मछिन्द्रनाथको नाममा थुप्रै जग्गा रहेको ललितपुरवासीको भनाइ छ ।

साढे दुईदशक पहिलेसम्म तीन हजार रोपनी भन्दा बढी जग्गा विभिन्न स्थानमा रहेको पाइएको ज्योतिष दैवज्ञ कीर्तिमदन जोशी बताउनुहुन्छ । उहाँका बुबाले विभिन्न स्थानमा रहेको जग्गा कहाँ र कति छ भनेर लेखेर गुठी संस्थान ललितपुर शाखामा दिनुभएको थियो । उहाँ भन्नुहुन्छ, “बुबा बितेपछि न त अरु कसैले चासो देखाएको पाइयो न गुठीले नै आफ्नो सम्पत्ति खोजी गरेको छ ।”

गुठीको स्वामित्व रहेको मछिन्द्रनाथको नाममा झण्डै डेढ सय रोपनी तौनाथी जग्गा रहेको शाखाका प्रमुख शैलेन्द्र पौडेल बताउनुहुन्छ । “यो मोही पनि नलागेको जग्गा हो । आम्दानीका हिसाबले यो जग्गालाई सबैभन्दा महत्वपूर्ण जग्गा मानिन्छ । उहाँ भन्नुहुन्छ,” “तर ती जग्गाबाट पनि हामीले फाइदा लिनसकेका छैनौं ।” गुठीका नाममा भएका जग्गा वा कवल कुनै पनि कार्यालयले चलन चल्तीको भाडामा लगाउन नसक्दा आम्दानी गर्न नसकेको हो । रातो मछिन्द्रनाथको जस्तै अरु विभिन्न मठ मन्दिरका जग्गाबाट पनि गुठीले आम्दानी लिनसकेको छैन ।

गुठीका नाममा भएको ३९५ रोपनी छ आना एक दाम जग्गामा मोही लागेको छ । मोही लागेका जग्गामध्ये कतिपयमा रकमे आफैंले र कतिमा गुठीले आयस्था लिने गरेको छ । भmण्डै डेढसय भन्दा बढी जग्गा मछिन्द्रनाथ गुठीको भए पनि दर्ता हुन नै बाँकी रहेको प्रमुख पौडेल बताउनुहुन्छ । बोसी (मछिन्द्रनाथको जात्रामा रथका लागि काठ काट्ने जाती) का लागि छुट्याइएको १४४ रोपनी जग्गा दर्ता हुन बाँकी छ । उहाँ भन्नुहुन्छ, “कतिपय जग्गा दर्ताको प्रक्रियामा भए पनि प्रक्रिया लामो र झन्झटिलो छ’ अझै धेरै जग्गा दर्ता हुन बाँकी छ ।”

गुठीको जग्गा रैतानी(व्यक्तिगत) गर्न नपाउने नियम बन्नु पहिले मछिन्द्रनाथको जग्गा पनि रैतानी भयो । छयस एक रोपनी छ आना एक दाम जग्गा रैतानी भएको गुठीको तथ्यांकले देखाएको छ । रैतानी जग्गाको रकम अक्षयकोषका रुपमा राखिएको छ । त्यो पनि जात्रा सञ्चालनका लागि खर्च हुन्छ । मछिन्द्रनाथको आम्दानीले जात्रा धान्दै आएको उल्लेख गर्दै प्रमुख पौडेल बताउनुहुन्छ, “मोहीले बुझाउने कुत, अक्षयकोषको पैसा र गुठीका जग्गामा घर बनाउदा लिने दस्तुर नै आम्दानीको स्रोत हुन् ।’’

विभिन्न व्यक्तिले गुठीको तैनाथी जग्गालाई लामो समयदेखि प्रयोग गर्दैआएका छन् । उनीहरुबाट गुठीले नगन्य रकम वा त्यो पनि पाएको छैन । उहाँ भन्नुहुन्छ, “गुठीले सबैभन्दा आम्दानी गर्नसक्ने तैनाथी जग्गा भए पनि उपयोगमा ल्याउन सकेको छैन ।”

गुठी संस्थान आफ्नो सम्पत्तिको खोजी र संरक्षणमा लाग्नुपर्नेमा ज्योतिष दैवज्ञ जोशी जोड दिनुहुन्छ । गुठीका जग्गा विभिन्न किसिमले प्रयोग गरिरहेका व्यक्तिले पनि इमान्दार भएर तिरो तिर्नुपर्छ । उहाँ भन्नुहुन्छ, “भगवानको नाममा भएको जग्गा भोग–चलन गर्नेले धर्म सम्झेर र इमान्दार भएर तिरो तिर्नुपर्छ ।”

प्रतिक्रिया दिनुहोस्

भर्खरै

एमालेमा ‌नयाँ स्थायी कमिटी : बामदेव समेटिए, नेता खनाल र नेपाल छुटे

काठमाडौं, १० बैशाख । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको स्थायी कमिटी गठन गर्नुभएको छ । स्थायी कमिटीमा वामदेव गौतमलाई पनि राखिएको छ ।

कर्णालीमा संसदीय दलको ह्वीप उल्लंघन गर्ने ४ सांसदलाई निश्कासन गर्ने निर्णय

काठमाडौं, १० बैशाख । नेकपा एमालेले कर्णाली प्रदेशसभामा एमाले संसदीय दलको ह्वीप उल्लंघन गर्ने ४ जना सांसदलाई पार्टी सदस्य र सांसद पद नरहने गरी कारबाही

बालुवाटारको बालुवामा तेल छैन जति पेले पनि तेल निस्किने अवस्था छैन – नेता नेपाल

काठमाडौं, १० वैशाख । पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेको वरिष्ठ नेता माधवकुमार नेपालले अध्यक्ष केपी शर्मा ओलीका कारण पार्टी एकता जोगाउन कठिन भएको बताउनुभयो । जनकपुरधामस्थित

सम्बन्धित

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

हावाहुरीबाट दुई करोडको क्षति

एमालेमा ‌नयाँ स्थायी कमिटी : बामदेव समेटिए, नेता खनाल र नेपाल छुटे

कर्णालीमा संसदीय दलको ह्वीप उल्लंघन गर्ने ४ सांसदलाई निश्कासन गर्ने निर्णय

कोरोना कहर

बालुवाटारको बालुवामा तेल छैन जति पेले पनि तेल निस्किने अवस्था छैन – नेता नेपाल

एमाले महाधिवेशन आयोजक कमिटीको बैठक बालुवाटारमा शुरू

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एसियन बिजनेस सर्कल प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9841885150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एसियन बिजनेस सर्कल टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कंडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : राजन शर्मा
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2021 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com