काठमाडौं, २१ वैशाख । पछिल्लो समय राज्यबाट हुँदै आएको विभेदविरुद्ध नेपाल आदिवासी जनजाति महासंघले आव्हानमा २२ गते शनिवार काठमाडौंमा विरोध प्रदर्शन गर्ने भएको छ ।
आदिवासी जनजाति पहिचानसँग जोडिएको राष्ट्रिय चाडको सार्वजनिक विदा कटौती गरेको विरोध गर्दै महासंघले विरोध प्रदर्शन गर्न लागेका हो । विरोध प्रदर्शन काठमाडौंको माइतीघर मण्डलामा दिउँसो १ बजे हुने महासंघका अध्यक्ष जगत बरामले जानकारी दिनुभयो ।
सरकारले तमू ल्होछार, सोनाम ल्होछार, ग्याल्बो ल्होछार, माघी माघे सकराती, उधौली उभौली लगायतका चाडको सार्वजनिक बिदा कटौती गरेको विरोधमा जनजाति महासंघले विरोध गर्दै आएको छ ।
महासंघले काठमाडौं उपत्यकामा सरकारले गर्दै आएको सडक विस्तार समेत गैरन्यायिक भन्दै विरोध गरेको छ । महासंघले थरुहट प्राप्तिको आन्दोलनमा जेलमा रहेकाहरुलाई क्षतिपूर्तिसहित रिहा गर्न माग गर्दै विरोध प्रदर्शन गर्न लागेको जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्