‘गाडी नचलाउनेहरुको लिस्ट आइपुगेपछि हामी तत्कालै परमिट खारेज गर्छौ’ भट्टराइले भने ‘प्रधानमन्त्री कार्यालयमा भएको बैठकमा पनि व्यवसायीहरुलाई अन्दोलन फिर्ता गरेर वार्तामा आउन भनिएको छ।’
सरकारले यातायात व्यवस्थापन कार्यविधि निर्देशिका २०६० संशोधन गर्दै सवारी कम्पनीमा दर्ता हुनुपर्ने, असारदेखि विभिन्न नाममा खडा गरिएका यातायात समिति नवीकरण नहुने लगायतका निर्णय गरेपछि व्यवसायीहरु आन्दोलित बनेका हुन्।
यो निर्णयको विरुद्धमा नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले २१ गते चक्काजाम, २७ गतेदेखि अनिश्चितकालीन चक्काजाम गर्ने घोषणा गरेको छ। शुक्रवार विहानै देखी लामो तथा छोटो दुरीका सवारी साधन चलेका छैनन् राजधानी बाट बाहिरीने यात्रुहरु अलपत्र बनेका छन् । लामादुरीका यात्रुवाहक वस बन्द हुदा बाहिर जाने यात्रु अलपत्र बनेका हुन । समितिमा आबद्ध व्यवसायीहरुले बिहीबार मध्यान्हदेखि नै टिकट काउन्टर बन्द गरेका छन्।
प्रतिक्रिया दिनुहोस्