ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

गुल्मीमा खोटो संकलन सम्बन्धि तालिम


admin
बैशाख १९, २०७५ बुधबार  ६ : ४६ बजे

गुल्मी,१९ बैशाख । गुल्मीमा खोटो संकलन गर्ने श्रमिकहरुलाई खोटो संकलन गर्दा ध्यान दिनु पर्ने बिभिन्न बिषयमा सचेतना कक्षा प्रदान गरिएको छ । १२९ औ अन्तराष्ट्रिय श्रमिक दिवसको अवसर पारेर दुर्गा स्वस्तिक रोजिना टार्पेन्टाइन इण्डष्ट्रि प्रालि गुल्मीले तालिम प्रदान गरेको हो । खोटो संकलन गर्ने श्रमिक, सुपरभाइजर तथा सामुदायिक बनका पदाधिकारीहरुलाई खोटो संकलन केन्द्र रेसुङ्गाको गौशालामै लगेर तालिम दिइएको हो ।

तालिममा सल्लाको रुख भएको बन क्षेत्रमा खोटो संकलन गर्ने तरिका, त्यसको संरक्षण लगायतका बिषयमा सहजिकरण गरिएको प्रमुख उप्रेतीले बताए । त्यस्तै खोटो संकलन गर्दा रुखको अबस्था देखि प्रयोग गर्ने औजार, वरिपरिको अबस्था र संकलन पछीको अबस्था, सरसफाई लगायतका बारेमा पनि जानकारी दिइएको थियो । खोटो संकलनसँगै बनको अबस्थालाई पनि बिग्रन नदिन एकदमै सजक बन्न संस्था र श्रमिकहरुलाई जिल्ला वन अधिकृत कृष्ण न्यौपानेले आग्रह गरे ।

खोटो संकलनको क्रमम साना प्राबिधिक पक्षलाई दिए मात्रै बनमा हुने अनावश्यक क्षतीलाई न्यूनिकरण गर्न सकिने सहायक बन अधिकृत दिनेश सत्यालले बताए । यो सचेतना मुलक कार्यक्रमले रुखहरुको संरक्षणमा फाइदा मिलोश भन्ने उदेश्यले आफुहरुको रहेको संस्थाले जनाएको छ ।

तालिममा जिल्ला बन कार्यालय गुल्मीका अधिकृत कृष्णराज न्यौपाने, सहायक बन अधिकृतहरु पन्नालाल भट्टराई, दिनेश सत्याल लगायतले खोटो संकलन पूर्व ध्यान दिनुपर्ने बिषयमा सहजिकरण गरेका थिए । खोटो संकलनको लागि फागुन देखि असोजसम्मको महिनालाई उपयुक्त मानिन्छ । एउटा सल्लाको रुखबाट तीन किलो देखि सात किलो सम्म खोटो संकलन हुने गर्दछ ।

हाल गुल्मी जिल्लामा सल्लाको बन भएका ३४ वटा सामुदायिक बनमा खोटो संकलन हुँदै आएको छ । जिल्लामा आर्थिक वर्ष ०७४÷०७५ मा ११ वटा समाुदायिक बनबाट एक लाख १७ हजार ३९ किलो खोटो संकलन भएको जिल्ला बन कार्यालय गुल्मीको तथ्याङ्कमा उल्लेख छ ।

कार्यक्रमको लागि जिल्ला बन कार्यालय गुल्मी, इलाका बन कार्यालय गुल्मी र सेक्टर बन कार्यालय गुल्मीले प्राबिधिक सहयोग गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बैतडीमा एमाले–रास्वपा कार्यकर्ताबीच झडप, एमालेका दुई कार्यकर्ता घाइते

लुटिएका हतियार र सामाजिक सञ्जालको दुरुपयोग निर्वाचनमा मुख्य ‘थ्रेट’

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

बैतडीमा एमाले–रास्वपा कार्यकर्ताबीच झडप, एमालेका दुई कार्यकर्ता घाइते

लुटिएका हतियार र सामाजिक सञ्जालको दुरुपयोग निर्वाचनमा मुख्य ‘थ्रेट’

अमेरिकी राष्ट्रपतिले कति झुठो वक्तव्वाजी गर्छन् ? टाइम्स रिपोर्ट

टिकट खोसिएपछि संविधान संशोधनको बहस: योगेशकुमार भट्टराईको ‘कम्ब्याक’ रणनीति?

‘केरल’ अब ‘केरलम’ : भाषिक पहिचानलाई संवैधानिक मान्यता

शुल्क तिर्न नसक्ने विपन्नको पक्षमा सर्वोच्चको ऐतिहासिक आदेश

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com