अछाम, १९ वैशाख । विद्युत प्राधिकरण दिपायल स्टेसनमा आगलागि भएको छ ।
बुधबार विहान चट्याङ लागेर अछाम जिल्ला तर्फको लाईन अवरुद्ध भएको हो । चट्याङका कारण ट्रान्स मिटर जलेर नष्ट भएको विद्युत प्राधिकरण दिपायलका कर्मचारी भरत द्वारियाले जानकारी दिए ।
विधुत प्राधिकरण अत्तरियाले स्वीच बन्द गर्न केही ढिलाई भएका कारण आगलागि नियन्त्रण गर्न केही ढिलाई भएका थियो । चट्याङका उपकरणहरु जलेर नष्ट भएको द्वारियाले बताए ।
प्रतिक्रिया दिनुहोस्