अछाम,१९ वैशाख । अछाममा दुई महिला मृत अवस्थमा भेटिएका छन् । जिल्लाको पञ्चदेवल विनायक नगरपालिका–९ कालेकाँडाकी २२ वर्षीया उर्मीला टमाट्टाको शव गोठमा भेटिएको छ ।
घरबाट आफन्तका घरमा जाने भनेर निस्किएकी उर्मिलाको शव छिमेकीको गोठमा फेला परेको हो । आफन्तको घरमा नपुगेको खबर पछि उनको खोजी गर्दा उनको शव गोठमा भेटिएको अछाम प्रहरी प्रमुख डीएसपी दधिराम न्यौपानेले बताउनु भएको छ । प्रहरीका अनुसार उनको शव नजिकै मुसा मार्ने प्रयोग गरिने बिष फेला परेको छ ।
उक्त घटनाका बारेमा बुझ्न एक स्थानीय युवकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । यस्तै तुर्माखाद गाउपालिका–३ भैरबस्थानमा २३ वर्षीया धनसरा नेपाली झुण्डिएको अवस्थामा फेला परेकी छन् ।
मंगलबार विहान ५ बजे घरबाट हिँडेकी उनी ३०० मिटर टाढा झण्डिएको अवस्थामा भेटिएको अछाम प्रहरीले जनाएको छ । स्थानीयका अनुसार धनसरा गर्भवती हुनुका साथै उनकी अढाइ वर्षीया छोरी समेत छिन् । मृतक दुबै जनालाई पोष्टमार्टमका लागि जिल्ला सदरमुकाम मंगलसैन लगिएको छ ।
प्रतिक्रिया दिनुहोस्